चोरी गरेर बनाइएको होइन ‘बेबी शार्क’
सारांश
- दक्षिण कोरियाको चर्चित बाल गीत 'बेबी शार्क' प्रतिलिपि अधिकार सम्बन्धी मुद्दामा अदालतले फैसला सुनाएको छ।
- अमेरिकी संगीतकारले लगाएको आरोप खारेज गर्दै, ६ वर्ष लामो कानुनी लडाईंको अन्त्य भएको छ।
- 'बेबी शार्क' युट्युबमा सबैभन्दा धेरै हेरिएको भिडियो बनेको थियो र यसको उत्पत्ति सन् १९७० मा अमेरिकामा भएको थियो।
सोल । २०१६ ताका दक्षिण कोरियाको एउटा बाल गीत निकै चर्चित भयो । ‘बेबी शार्क डू डू डू.......’ गीतले कोरियामा मात्रै नभएर विश्वभर नै निकै चर्चा कमायो ।
छोटो अवधिमा यो बालगितले १ अर्बभन्दा धेरै भ्यूज पाएको थियो । प्रड्यूसरहरूले यो गीत चोरेर बनाएको भन्दै एक जना अमेरिकी संगीतकारले लगाएको आरोप दक्षिण कोरियाको सर्वोच्च अदालतले खारेज गरेको छ ।
यो निर्णयसँगै यस गीतका सन्दर्भमा ६ वर्षदेखि जारी कानुनी लडाई अन्त्य भएको छ । अदालतले यस अघि दुई तल्लो अदालतले पिङ्कफङ्कको पक्षमा सुनाएको फैसलालाई यथावत् राखेको छ ।
जोनाथन राइटले २०११ मा बाल लोक गीतमा आधारित रहेर यो गीतको एउटा भर्जन रेकर्ड गराएका थिए । पिङ्कफङ्कको भर्जन भने २०१६ मा आयो । यो गीतको प्रतिलिपि अधिकार आफूसँग भएको राइटको भनाइ थियो ।
आफूले पुरानै लोकगीतबाट प्रभावित भएर यो गीत बनाएको पिङ्कफङ्कको तर्क थियो । राइटले रेकर्ड गराएको गीतको संस्करण छुट्टै गीत भन्न मिल्ने गरी मौलिक लोक गितबाट खासै धेरै हेरफेर नगरिएको अदालतको ठहर छ । युट्यूबमा रिलिज हुने बित्तिकै पिङ्कफङ्कको बेबी शार्क भाइरल भएको थियो ।
कोरोना भाइरसको महामारी उत्कर्षमा रहेको समयमा २०२० को नोभेम्बरमा यो युट्यूबमा अहिलेसम्मकै सबैभन्दा धेरै हेरिएको भिडियो बनेको थियो । त्यतिबेला यो गीतले ७ अर्ब भ्यूज पाएको थियो ।
एक वर्ष पछि यो गीत १० अर्ब भ्यूज पाउने पहिलो युट्यूब भिडियो बन्यो । बेबी शार्कको उत्पत्ति अमेरिकामा १९७० को दशकमा भएको थियो । सर क्याम्पमा यो गीत निकै गाउन थालियो । तर गीतको पिङ्कफङ्कको भर्जन निकै रमाइलो छ । यसमा साना बालबालिकाहरू हात हल्लाइ हल्लाइ नाचिरहेको देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण