बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हाँडी जातीलाई माझीको पहिचान दिन माग

बिहीबार, २९ साउन २०८२, १४ : ०१
बिहीबार, २९ साउन २०८२

सारांश

  • सांसद योगेन्द्र मण्डलले मोरङ, सुनसरी र झापाका हाँडी जातिलाई माझीको पहिचान दिन माग गरे।
  • उनले संविधानले सबै जातजातिलाई समान हैसियत दिए पनि हाँडी जातिको सवालमा व्यवहार फरक भएको बताए।
  • हाँडी जातिले थरमा माझी लेख्ने भए पनि उनीहरूले माझीको पहिचान पाउनुपर्ने उनको भनाइ थियो।

काठमाडौँ । प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले मोरङ पूर्वको सुनसरी, मोरङ र झापामा रहेका पाँच लाख हाँडी जातिलाई माझीको पहिचान दिन माग गरेका छन् ।  बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मण्डलले संविधानले सबै जातजाति र भाषा धर्मलाई समान हैसियत प्रदान गरे पनि हाँडी जातिका सवालमा व्यवहार उल्टो भइरहेको बताए । 

‘मोरङ, सुनसरी र झापामा पाँच लाखभन्दा बढी जनसङ्ख्या भएको हाँडी जातीले पीडा भोगिरहेका छन्’, उनले भने, ‘यो जातीले थर माझी लेख्छन् । तर नेपालमा माझी लेख्ने अरू धेरै जाती पनि छन् । संविधानले व्यवस्था गरेअनुसार हाँडी जातीको माझी पहिचान होस् भनी माग गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप