अमेरिका बस्ने डाक्टरले भने– ‘अंकल, भ्रष्टाचारी नेताले देश बर्बाद पारे’
सारांश
- सांसद रणेन्द्र बराइलीले अमेरिकामा बस्ने एक नेपाली डाक्टरको अभिव्यक्तिलाई लिएर जवाफ दिए।
- बराईलीले ती डाक्टरलाई स्कलरसिपमा पढेर पनि देशको सेवा नगरेको भन्दै प्रश्न गरे।
- उनले नेपालको सम्भावना र स्रोतहरूको चर्चा गर्दै युवा पुस्तामाझ देशप्रतिको सकारात्मक धारणाको आवश्यकता औंल्याए।
काठमाडौँ । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद रणेन्द्र बराइलीले अमेरिकामा बस्ने एक नेपाली डाक्टरको अभिव्यक्ति उद्धृत गर्दै ती डाक्टरलाई तीखो जवाफ दिएका छन्। बराइलीका अनुसार, ती डाक्टरले आफूलाई थिए, ‘अंकल, भ्रष्टाचारी नेताले देश बर्बाद पारे, नेपाली नामर्द भए, देशमा बस्ने मन छैन।’
सांसद बराइलीले भने, तिमी स्कलसिपमा एमडी पढ्न गएका, ५ वर्ष अनिवार्य राष्ट्र सेवा गर्नुपर्नेमा भागेर अमेरिका पुगेका। तिमीचाहिँ सदाचारी र तिम्रा आमाबुबा नामर्द ? जुन देशमा रगत–पसिना बगाएर सानेले छोरा पढाउँछन्, विदेशी नागरिक बन्दा रमाउने तिमी बहादुर ?’
बिहीबारको बैठकमा बराइलीले नेपालको सम्भावना र स्रोतहरू पनि स्मरण गराउँदै भने, ‘नेपाली अदुवा डेनमार्कमा एक केजीको ३ हजार पर्छ, सगरमाथाको ढुङ्गा जडित रोलेक्स घडीलाई १२ करोड पर्छ। के छैन नेपालमा ? देश बनाउने भनेको यिनै चीजमा गर्व गर्ने राष्ट्रवाद हो।’
सांसद बराइलीले युवापुस्तामा देखिँदै गएको देशबारे नकारात्मक दृष्टिकोणको प्रवृत्ति सुधार्नु आवश्यक रहेको बताए ।
उनको भनाइ जस्ताको तस्तै–
‘अंकल भ्रष्टाचार नेताले देश बर्बाद पारे । नेपाली नामर्द भए ।देशमा बस्ने मन छैन’ यो भनाइ अमेरिकामा बस्ने एक जना डाक्टरको हो । अहिले कतिपय युवाहरूको पङ्क्तिमा देशलाई सत्तोसराप गर्ने भाष्य सिर्जना भएको छ । ती डाक्टर थरलाई मैले भनेँ, ‘स्कलरसिपमा एमडी पढ्न गएका तिमी ५ वर्ष अनिवार्य राष्ट्र सेवा गर्न पर्नेमा भागेर अमेरिका भासिन्छौ ।
तिमिचाहिँ सदाचारी, जुन देशमा रगत पसिना बगाएर सानेले छोरा पढाउने तिम्रा बाआमा नामर्द भए, विदेशी नागरिक बन्दा रमाउने तिमी बहादुर ?’ नेपाली अदुवा डेनमार्कमा एक केजीको ३ हजार पर्छ । सगरमाथाको ढुङ्गा जडित रोलेक्स घडीलाई १२ करोड पर्छ । के छैन नेपालमा ? कसले बनाउने देश यही हो राष्ट्रवाद ?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण