कुमारी बैंक र अपोलो हस्पिटलबिच स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता
काठमाडौँ । कुमारी बैंक लिमिटेड र नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकल कर्पाेरेशन लिमिटेड) बीच स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको छ।
सम्झौता अनुसार, कुमारी बैंकका ग्राहकले उक्त अस्पतालबाट उपचारका क्रममा अधिकतम १० प्रतिशतसम्म विशेष छुट पाउने छन्। बैंकले यसलाई ग्राहकको स्वास्थ्य सुरक्षाप्रति आफ्नो संस्थागत जिम्मेवारीका रूपमा लिएको छ।
विगत २४ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले हाल देशभर ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ४८ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग सम्झौता गरी गुणस्तरीय स्वास्थ्य सेवामा ग्राहकको पहुँच सहज र प्रभावकारी बनाउने अभियान चलाइरहेको छ।
बैंकले बदलिँदो समयसँगै सेवा स्तरमा निरन्तर सुधार गर्ने र आगामी दिनमा अझ व्यापक तथा सुलभ सुविधा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण