शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

अखिल नेपाल ई–स्पोर्ट्स सङ्घको अध्यक्षमा बालकुमार केसी

शुक्रबार, ३० साउन २०८२, १९ : ११
शुक्रबार, ३० साउन २०८२

ललितपुर । अखिल नेपाल खेलकुद महासङ्घ अन्तर्गतको ई–स्पोर्ट्स सङ्घको प्रथम सम्मेलन सातदोबाटोमा सम्पन्न भएको छ। सम्मेलनबाट बालकुमार केसीलाई अध्यक्षमा निर्विरोध चयन गरिएको छ। नयाँ गठन भएको समितिमा ३१ सदस्य रहेका छन्।

कार्यक्रममा महासङ्घका इन्चार्ज दीपक कोइरालाको प्रमुख आतिथ्य रहेको थियो। साथै महासङ्घका अध्यक्ष शिव कोइराला (ज्वाला), महासङ्घका महासचिव अञ्जन धमला, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय प्रतिनिधि पवन कार्की, नेता उपदेश यादव, रविन बस्नेत, सञ्जीव फुयाँल (बन्दुक), तिलक पाण्डे लगायतको उपस्थितिमा सम्मेलन सम्पन्न भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप