जसपा नेपालले देशव्यापी आइटी सेल निर्माण गर्दै
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आइटी सेल निर्माण गर्ने निर्णय गरेको छ ।
जसपा नेपालको सूचना सञ्चार तथा विज्ञान प्रविधि विभागले केन्द्रदेखि वटासम्मै समेटिने गरी मूलधारका सामाजिक सञ्जाल लक्षित देशैभरी आइटी सेलको शाखा बिस्तार गर्ने निर्णय गरेको हो।
शुक्रबार पार्टी केन्द्रीय बालकुमारीमा बसेको विभागको बैठकले पार्टीको सूचना संयन्त्रलाई प्रभावकारी बनाउन र मुख्यतः सामाजिक सञ्जालहरूलाई थप व्यवस्थित गर्ने उद्देश्यले देशैभरी आइटी सेल बिस्तार गर्न लागेको सूचना विभागका सचिव समेत रहेका जसपा नेपालको केन्द्रीय आइटी सेलका प्रमुख महेश चौरसियाले जानकारी दिए ।
आधुनिक सञ्चार एवं प्रविधिको बढ्दो प्रभाव र प्रयोगलाई मध्यनजर गर्दै पार्टीको विचार र मुद्दालाई मूलधारका सामाजिक सञ्जालहरूको प्रयोग र परिचालनलाई पार्टीको हितका निम्ति प्रभावकारी ढङ्गले जनतामाझ लैजाने र पार्टीको गतिविधि एवं संरचनालाई आधुनिक आइटी मैत्री बनाउने उद्देश्यले हालै महेश चौरसियाको नेतृत्वमा ३३ सदस्यीय केन्द्रीय आइटी सेल गठन भएको थियो ।
विभाग प्रमुख जितेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले सामाजिक सञ्जालमा सक्रिय नेता कार्यकर्तालाई समेटेर देशैभरी जिल्लाव्यापी आइटी सेल निर्माणका लागि आइतबार जिल्ला अध्यक्षहरूलाई पत्राचार गर्ने निर्णय भएको चौरसियाले बताए ।
यसका साथै, सूचना सञ्चार तथा विज्ञान प्रविधि विभागलाई पनि ७ वटै प्रदेशमा प्रदेशस्तरीय विभाग गठन गर्ने बैठकले निर्णय गरेको छ । बैठकले सूचना विभाग र आइटी सेलको संरचनागत ढाँचा एवं आगामी कार्यदिशाको प्रारूप तयार गर्न चार सदस्यीय समिति समेत गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण