'३६को आँकडा’को फस्टलुक पोस्टरमा रेखा र पूजा
सारांश
- अभिनेत्री रेखा थापाको फिल्म '३६को आँकडा' को फस्ट लुक पोस्टर सार्वजनिक भयो।
- पोस्टरमा रेखा र पूजा शर्मालाई देख्न सकिन्छ, जसमा द्वन्द्वको झलक छ।
- सबिर श्रेष्ठको निर्देशनमा बन्ने फिल्म आगामी सोमबारबाट फ्लोरमा जानेछ।
काठमाडौँ । अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा तयार हुन लागेको नयाँ फिल्म ‘३६को आँकडा’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ।
पोस्टरमा मुख्य भूमिकामा रहेका रेखा थापा र पूजा शर्मा फिचर छन्। प्रहरी अधिकारीको भूमिकामा प्रस्तुत भएकी रेखाले पूजालाई हतकडी लगाएर नियन्त्रणमा लिएको देखिन्छ। पोस्टरमा रेखाको अनुहारमा सङ्घर्षपछि प्राप्त विजयको अभिव्यक्ति देखिन्छ भने पक्राउ परेकी पूजाको अनुहारमा अझै टक्कर जारी रहेको भाव झल्किन्छ।
दुई महिला पात्रबिचको द्वन्द्वलाई फिल्मको केन्द्रमा राखिएको देखिन्छ।फ्लोरमा जानु अघि नै सार्वजनिक गरिएको यो फस्ट लुक पोस्टरले दर्शकको उत्सुकता बढाउने अपेक्षा छ ।
सबिर श्रेष्ठको निर्देशनमा बन्ने यो फिल्म आगामी सोमबारबाट फ्लोरमा जानेछ। निर्माण पक्षले आज सार्वजनिक पोस्टरमा अन्य कलाकार र प्राविधिक टिमबारे जानकारी दिएको छैन। सुटिङपछि ती विवरण सार्वजनिक गर्ने तयारीमा रहेको बताइएको छ।
फिल्ममा रेखासँग पछिल्लो समय अभिनयका लागि चर्चित महेश त्रिपाठीको जोडी बाँधिनेछ भने पूजासँग पुष्प खड्काको जोडी देखिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण