ताप्लेजुङ गोल्डकपको उपाधि सहलेश युवाक्लब सिरहालाई
सारांश
- सहलेश युवाक्लब सिरहाले तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको उपाधि जितेको छ।
- फाइनल खेलमा सहलेशले चर्चब्वाइज युवाक्लब ललितपुरलाई २-० गोलले पराजित गर्यो।
- विजेताले रु सात लाख दुई हजार ८२ र उपविजेताले रु तीन लाख ५० हजार ८२ प्राप्त गरे।
ताप्लेजुङ। यही साउन २४ गतेदेखि सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको उपाधि सहलेश युवाक्लब सिरहाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा सहलेशले चर्चब्वाइज युवाक्लब ललितपुरलाई २–० गोल अन्तरले पराजित गर्दै विजेता बनेको हो ।
खेलको ७९औँ मिनेटमा सुरेन खड्काले पहिलो गोल गरेका थिए भने ८९औँं मिनेटमा युसुकमलिकले दोस्रो गोल थप्न सफल भएका हुन् । ललितपुरले गोल फर्काउने प्रयास गरे पनि सफल नभएपछि उपविजेतामा चित्त बुझाएको छ ।
यसअघि सेमिफाइनलमा सहलेशले झापाको रेडस्टार फुटबल क्लबलाई २–० गोल अन्तरले हराएको थियो । चर्चब्वाइजले सुनसरीको दयङ ब्रदर्शलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
गत वर्ष उपविजेता बनेको सहलेश युवाक्लबले यसपटक कमजोरी सच्याएर उपाधि आफ्नो पोल्टामा पारेको हो । क्लबमा चार विदेशी खेलाडीसमेत समावेश छन् । चर्चब्वाइजले भने विदेशी खेलाडीबिना प्रतिस्पर्धा गरेरै फाइनलसम्मको यात्रा तय गर्न सफल भएको हो ।
सहलेशले प्रतियोगिताभर क्वाटर फाइनल र सेमिफाइनलमा कुनै गोल नखाएर फाइनलमा पुगेको थियो । सोही क्रमलाई निरन्तरतामा दिँदै उसले उपाधि हात पारेको हो ।
चर्चब्वाइजले कठिन जितमार्फत फाइनलसम्म पुगे पनि उपाधि जित्न असफल रह्यो । आयोजक लाखे जात्रा सञ्चालक समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार विजेताले रु सात लाख दुई हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता बनेको चर्चब्वाइजले रु तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण