चाडबाडको मुखमा सडक यातायात र सडक पूर्वाधारमा आवश्यक सुधार गर्न सरकारलाई निर्देशन
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वको पूर्व सन्ध्यामा सडक यातायात र सडक पूर्वाधारमा आवश्यक सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले दशै तिहार लगाएत ठूला चाडपर्वलाई मध्यनगर गर्दै सडक पूर्वाधारमा ध्यान दिन, सहज रुपमा यातायात व्यवस्थापन, टिकटको सहज पहुचको व्यवस्थाका लागि तयारी गर्न सरकारलाई निर्देशन दिएको हो ।
त्यस्तै चाडपर्वमा सहज रुपमा आवागमन गर्नसक्ने गरि आवश्यक निगरानी र अनुमगन गर्न समेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकले अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग र गल्छी त्रिशुली स्याप्रुबेसी रसुवागढी सडकको दिगो र भरपर्दो रुपमा बाह्रै महिना सञ्चालन गर्न सक्ने गरि आवश्यक निर्माण र मर्मतसम्भार गरि सहज रुपमा सवारी साधान सञ्चालनको सुनिश्चिताका लागि आवश्यक कार्य गर्न समेत निर्देशन दिएको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अन्तरदेशीय जोड्ने सडकको मर्मत सम्भार भइरहेको बताए ।
रसुवा नाकाको पुल चीनले मर्मत सम्भार गरिरहेको अवस्थामा पुल निर्माण भएपछि नेपालतर्फको सडकमा सहज रुपमा आवागमनलाई मन्त्रालयले प्राथमिकतामा राखेको उनले बताए ।
त्यस्तै मन्त्री दाहालले चाडपर्वका समयमा सहज रुपमा यातायात व्यवस्थाका साथै सवारीको भाडा दरको समेत नियमन गरिने जानकारी दिए । यस पटकको दशैतिहारमा भाडा बढाउने कुनै योजना नरहेको उनको भनाइ छ ।
बैठकमा समिति सदस्यहरुले सार्वजनिक सवारीको चाडपर्वमा कडाइका साथ अनुगमन गर्नुपर्ने सुझाव दिएका थिए । साथै उनीहरुले देशका महत्वपूर्ण राजमार्गको नियमित मर्मतसम्भारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ
-
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सञ्चालन
-
गण्डकीका तीन अदालतमा जलेका तीन हजार तीन सय मिसिल पुनः प्राप्ति
-
एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्न सकिने
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा ७७ संशोधन दर्ता
-
कुतियाकवरबासी : डुङ्गा हुँदै पुल तरे, तर हटेन बाढीको त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण