बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

‘सुपरम्यान’का खलनायक अभिनेता टेरेन्स स्ट्याम्पको निधन

सोमबार, ०२ भदौ २०८२, ०६ : ४२
सोमबार, ०२ भदौ २०८२

सारांश

  • प्रसिद्ध अंग्रेजी अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा निधन भयो, जो सुपरम्यान फिल्ममा खलनायकको भूमिकाका लागि परिचित थिए।
  • स्ट्याम्पले ६ दशक लामो अभिनय करियरमा विभिन्न चर्चित फिल्महरूमा अभिनय गरे, र उनको परिवारले उनी उत्कृष्ट अभिनेता र लेखक रहेको बताए।
  • ब्रिटिस फिल्म एन्ड टेलिभिजन एकेडेमी (बाफ्टा) ले उनको निधनप्रति दुःख व्यक्त गर्दै उनलाई स्मरण गरेको छ।
00:00 / NaN:NaN
Audio By AI

लन्डन । सुपरम्यान फिल्मका खलनायक जेनेरल जडको भूमिकाबाट चर्चित अंग्रेजी अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा निधन भएको छ।

छ दशकभन्दा लामो आफ्नो अभिनय यात्रामा स्ट्याम्पले द एडभेन्चर्स अफ प्रिस्किला, क्वीन अफ द डेजर्ट, भालकायरलगायत चर्चित फिल्महरूमा अभिनय गरेका थिए। परिवारका अनुसार उनको निधन आइतवार बिहान भएको हो।

‘उनी उत्कृष्ट अभिनेता र लेखकका रूपमा अमूल्य सम्पत्ति छाडेर गए, जसले वर्षौँसम्म मानिसहरूलाई छुनेछ,’ परिवारले विज्ञप्तिमा भनेको छ। ब्रिटिस फिल्म एन्ड टेलिभिजन एकेडेमी (बाफ्टा) ले उनको निधनप्रति दुःख व्यक्त गर्दै सन् १९६३ र १९९५ मा पाएका दुईवटा नामाङ्कनलाई स्मरण गरेको छ।

सुपरम्यान फिल्मकी उनकी सह–कलाकार सारा डग्लसले उनलाई स्मरण गर्दै इन्स्टाग्राममा लेखेकी छिन्, ‘टेरेन्सबाट मैले धेरै कुरा सिकेँ। मेरो करिअरको सुरुवातमै उनको साथ पाउनु सौभाग्य थियो।’

२२ जुलाई १९३८ मा लन्डनको इष्ट स्टेप्नीमा जन्मिएका स्ट्याम्प सामान्य परिवारका थिए। ग्रामर स्कूलपछि विज्ञापन क्षेत्रमा करिअर सुरु गरेका उनले छात्रवृत्तिमार्फत नाट्य विद्यालयमा प्रवेश पाए।

१९६२ मा रिलिज भएको बिली बड फिल्मबाट उनले पहिलो पटक मुख्य भूमिका पाए। सो फिल्ममा प्रदर्शनका लागि उनले अस्कर अवार्ड को बेस्ट सपोर्टिङ एक्टर को नामाङ्कन तथा गोल्डेन ग्लोब अवार्ड जितेका थिए।

स्ट्याम्पले सुपरम्यान र सुपरम्यान २ मा जेनेरल जड, द कलेक्टर मा अपहरणकारी फ्रेडी क्लेग, र फार फ्रम द म्याडिङ क्राउडमा सार्जेन्ट ट्रोयका भूमिकाबाट विशेष ख्याति कमाए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप