श्रीमती हत्याका फरार अभियुक्तले नै रामपुकारलाई गोली हानेको खुलासा
सारांश
- सर्लाहीमा साउन ३० गते गोली प्रहारबाट मारिएका रामपुकार रायको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्।
- प्रहरी अनुसन्धानबाट मृतक रामपुकारको हत्या उनकै श्रीमतीको हत्या आरोपमा फरार रहेका व्यक्तिले गरेको खुलेको छ।
- हत्यामा संलग्न एक जना पक्राउ परेका छन् भने अर्का फरार अभियुक्तको खोजी भइरहेको छ।
सर्लाही । गत साउन ३० गते राति गोली प्रहारबाट मृत्यु भएका रामपुकार रायको हत्यामा प्रहरीले नयाँ ट्विस्ट फेला पारेको छ ।
आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा फरार रहेका व्यक्तिले नै रामपुकारको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । जिल्लाको हरिपुर्वा नगरपालिकामा भएको उक्त घटनामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिपुर्वा नगरपालिका-६ निवासी ४० वर्षीय रामपुकार राति करिब सवा ८ बजे आफ्नै घर अगाडि बसिरहेका वेला मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेका थिए ।
प्रहरीका अनुसार हरिपुर्वा-५ बस्ने २६ वर्षीय धर्मेन्द्र राय भन्ने धीरेन्द्र रायले चलाएको बीआर ३० एजी २३५४ नम्बरको अपाचे मोटरसाइकलमा आएका उनीहरू घटनामा संलग्न थिए । यादवका छोरा सुमित रायसँगको पुरानो विवादलाई लिएर कुराकानी गर्ने क्रममा मोटरसाइकलको पछाडि बसेका व्यक्तिले आफूसँग भएको पेस्तोलबाट रामपुकारको टाउकोमा गोली प्रहार गरेका थिए ।
हत्यापछि भाग्ने क्रममा उनीहरू चढेको मोटरसाइकल हरिपुर्वा-७ बसन्तपुरमा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका चालक धीरेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पछाडि बसेका र गोली प्रहार गर्ने मुख्य व्यक्ति भने अझै फरार छन् । घाइते धीरेन्द्रको उपचारपछि उनलाई प्रहरी हिरासतमा राखिएको छ ।
गोली लागेर गम्भीर घाइते भएका यादवको महोत्तरीको जानकी हेल्थ केयरमा उपचारका क्रममा सोही राति ९ बजे मृत्यु भएको थियो । प्रहरीले घटनास्थलबाट गोलीको खोका एक थान बरामद गरेको छ । अनुसन्धानका क्रममा धीरेन्द्रले मलंगवा-९ मा डेरा गरी बस्ने गरेको खुलेपछि उनको कोठा खानतलासी गर्दा एक थान नलकटुवा पेस्तोल र अर्को एक थान गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका धीरेन्द्रलाई सर्लाही जिल्ला अदालतबाट ३१ गतेदेखि लागु हुनेगरी सात दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ ।
पहिले पनि हत्या आरोप
पक्राउ परेका धीरेन्द्र राय यसअघि पनि आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा फरार अभियुक्त रहेको खुलेको छ । उनले गत वर्ष २०८१ असोज १० गते आफ्नै श्रीमती चित्रलेखा कुमारी यादवको निधारमा गोली हानी हत्या गरेका थिए भने आफ्नै बुवा राम दिनेश रायलाई समेत गोली हानी घाइते बनाएका थिए ।
उक्त घटनापछि उनका बुवाले कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि उनी फरार रहँदै आएका थिए ।
प्रहरीले दुवै घटनालाई जोडेर अनुसन्धान गरिरहेको छ । यादवको हत्यामा संलग्न फरार अर्का व्यक्तिको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
-
परराष्ट्रमन्त्रीको भारत भ्रमण : डिजिटल भुक्तानीदेखि ८४ परियोजना हस्तान्तरणसम्मका सहमति
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
-
'आवश्यक परे बेलायत सरकारसँग दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण