ट्रम्पसँग वार्ताका लागि ह्वाइट हाउस पुगे जेलेन्स्की
सारांश
- युक्रेनी राष्ट्रपति जेलेन्स्की ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ताका लागि पुगेका थिए।
- ट्रम्प र जेलेन्स्कीबीचको भेटलाई युक्रेन-रुस युद्धको भविष्यका लागि महत्त्वपूर्ण मानिएको छ।
- भेटवार्तामा युद्ध समाधानबारे ठोस संकेत आउने अपेक्षा गरिएको छ, जसमा अन्य युरोपेली नेताहरूको पनि उपस्थिति रहेको थियो।
काठमाडौँ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न ह्वाइट हाउस पुगेका छन्। उनी त्यहाँ पुग्दा ट्रम्प स्वयम मुख्य ढोकामै निस्केर स्वागत गर्न आएका थिए।
दुवै नेताले हात मिलाउँदै केही समय संक्षिप्त अभिवादन आदानप्रदान गरेपछि ट्रम्पले जेलेन्स्कीलाई भित्र लगे। वासिङ्टनमा भइरहेको यो उच्चस्तरीय भेटलाई युक्रेन-रुस युद्धको भविष्यमाथि असर पार्ने सम्भावित निर्णायक क्षणका रूपमा हेरिएको छ।
ट्रम्पले केही दिनअघि मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए। त्यसपछि उनले पुटिनसँगको छलफलप्रति सन्तुष्टि व्यक्त गरेका कारण आजको बैठक झनै चर्चित बनेको हो।
यो भेटवार्ताबाट युद्धको समाधानको सम्भावित बाटोबारे केही ठोस सङ्केत आउने अपेक्षा गरिएको छ। ह्वाइट हाउसमा जेलेन्स्कीसँगै अन्य युरोपेली नेताहरूको समेत उपस्थिति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण