बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिने
सारांश
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमताका लागि आयुर्वेदिक स्वर्णप्राशन थोपा दिने निर्णय गरेका छन्।
- ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई देशभरका २५ आयुर्वेदिक स्वास्थ्य संस्थाबाट थोपा खुवाइनेछ।
- मन्त्री पौडेलले आयुर्वेदिक औषधी प्रवर्द्धन गर्न स्वदेशी उत्पादकलाई निर्यातमा सहयोग गर्ने व्यवस्था मिलाएका छन्।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्धतिको स्वर्णप्रासन थोपा प्रदान गर्ने निर्णय गरेका छन् ।
स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर थोपा अंशको रूपमा उपलब्ध गराइँदा प्रतिरोध क्षमता वृद्धि हुनुका साथै बालबालिकाहरूको शारीरिक तथा मानसिक विकासका हुने जानकार बताउँछन् ।
मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णयबाट यस्तो थोपा देशैभर जन्मेको ६ महिनादेखि ५ वर्षसम्म प्रदान गर्ने निर्देशिकासमेत स्वीकृत गरेका छन् । गत वर्ष मन्त्री पौडेलले बालबालिकाको प्रतिरोध क्षमता बढाउन यस्तो कार्यक्रम ल्याउने घोषणा गरेका थिए ।
अब देशभरका २५ आयुर्वेदिक स्वास्थ्य संस्थाहरुमार्फत देशैभर पहिलो चरणमा कार्यक्रम सुरु हुने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । आगामी वर्षमा देशका सबै आयुर्वेदिक संस्थामा यस्तो कार्यक्रम विस्तार गर्ने योजना रहेको प्रवक्ता बुढाथोकीले बताए ।
‘देशभित्रकै आयुर्वेदिक प्रविधिको प्रवर्द्धन र प्रयोगमार्फत नागरिकको स्वास्थ्य रक्षामा यो महत्त्वपूर्ण कदम हो,’ उनले भने ।
मन्त्री पौडेलले आयुर्वेदिक औषधी तथा उपचार विधि प्रवर्द्धन गर्न स्वदेशी उत्पादकलाई विदेश निर्यातमा सहयोग पुग्ने गरी अन्तर्राष्ट्रिय मापदण्ड जिएमपी प्राप्त गर्ने व्यवस्था मिलाएका छन् । विदेश निर्यात गर्न तथा देशभित्रै स्तरीय उत्पादन गरिरहेका आयुर्वेदिक उत्पादकले औषधी व्यवस्था विभागबाट यो प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था मन्त्री पौडेलले मिलाएका हुन् ।
नयाँ बजेटमा देशका सबै स्थानीय तहमा नागरिक आरोग्य कार्यक्रम समेत अघि बढाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण