अमेरिकाले रद्द गर्यो ६ हजार विद्यार्थीको भिसा
सारांश
- अमेरिकी विदेश मन्त्रालयले ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ।
- कानून उल्लङ्घन, भिसाको म्याद सकिएपछि अमेरिकामा बस्ने र आतंकवादी गतिविधिको समर्थन जस्ता कारण भिसा रद्द गरिएको हो।
- ट्रम्प प्रशासनले गैरकानूनी आप्रवासन र अन्तर्राष्ट्रिय विद्यार्थीमाथि कडाइ गरिरहँदा यो कदम चालिएको हो।
वासिङ्टन डिसी । अमेरिकाको विदेश मन्त्रालयले ६ हजारभन्दा धेरै विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ । अमेरिकी कानुनको उल्लङ्घन गरेको तथा भिसामा तोकिएको म्याद सकिएपछि पनि अमेरिकामै बसेको भन्दै मन्त्रालयले उक्त कदम चालेको हो ।
उल्लङ्घनका अधिकांश घटना कुटपिट, मादक वा नशालु पदार्थ खाएर गाडी चलाएको, लुटपाटको घटनामा संलग्न भएको र आतंकवादलाई समर्थन आदिसँग सम्बन्धित भएको बताइएको छ ।
ट्रम्प प्रशासनले गैरकानूनी आप्रवासन र अन्तर्राष्ट्रिय विद्यार्थीमाथि कडाइ गरिरहँदा यो कदम चालिएको हो । विदेश मन्त्रालयले आतंकवालाई समर्थनको अर्थ के हो भनेर स्पष्ट खुलाएको छैन । तर ट्रम्प प्रशासनले प्यालेष्टाइनको समर्थमा विरोध प्रदर्शन गर्ने केही विद्यार्थीलाई निशाना बनाएको बुझिएको छ । भिसा रद्द हुनेमध्ये करिब चार हजारको भिसा कानुन उल्लङ्घनसँग सम्बन्धित रहेको मन्त्रालयले बताएको छ ।
अरू २०० देखि ३०० विद्यार्थी भिसा भने आतङ्कवादको कारण खारेज गरिएको भनिएको छ । यो वर्षको सुरुमा ट्रम्प प्रशासनले विदेशी विद्यार्थीको भिसा अपोइन्टमेन्ट शेड्यूल रोकेको थियो ।
जुन महिनामा यसलाई पुनः सुचारु गरिएको भए पनि आवेदकहरूले स्क्रिनिङका लागि आफ्नो सामाजिक सञ्जाल खाता पब्लिक बनाउनु पर्ने भनिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण