‘बल्छी धुर्बे’ले सुरु गरे ‘गोबर गणेश’
सारांश
- फिल्म 'गोबर गणेश'को शुभमुहूर्त काठमाडौंको म्हेपी मन्दिरमा पूजाआजा गरी गरिएको छ ।
- फिल्मको छायांकन काठमाडौंबाट सुरु भई पोखरा लगायतका स्थानमा ३५ दिनसम्म चल्नेछ ।
- बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यस फिल्ममा वर्षा सिवाकोटी लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
काठमाडौँ । फिल्म ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौँको म्हेपी मन्दिर परिसरमा पुजाआज गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)सहित चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेको थियो ।
शुभमुहूर्तमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले नरिवल फोडे भने रवि गिरीले क्ल्याप पड्काएका थिए । फिल्मको छायाङ्कन पनि आजैबाट सुरु गरिएको छ ।
काठमाडौँबाट सुरु भएको छायांकन पोखरालगायतका स्थानमा हुनेछ । फिल्मको छायाङ्कन सेडुल करिब ३५ दिन रहेको निर्देशक मरिचमान श्रेष्ठ जानकारी दिए । ‘आजबाट हामीले फिल्मको छायाङ्कन सुरु गरेका छौँ । हाम्रो कला र शिपले भ्याए र जानेसम्म राम्रो काम गर्ने प्रयास गर्नेछौँ’, निर्देशक श्रेष्ठले भने, ‘हामीलाई सानो पर्दामा जसरी दर्शकले साथ र माया दिनुभयो, त्यस्तै माया र साथ ठुलो पर्दाका दर्शकले पनि गरिदिनु हुनेछ भन्ने विश्वास छ ।’
फिल्मको रिलिज मिति माघ १ गते तोकिएको छ । बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको अभिनेत्रीमा वर्षा सिवाकोटी छिन् । यस्तै अन्य कलाकारमा मरिचमान श्रेष्ठ, विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु)लगायत छन् ।
फिल्मको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण