रवि लामिछानेलाई भिटामिन 'डी'को कमी देखियो
सारांश
- रास्वपा सभापति रवि लामिछानेलाई भिटामिन डीको कमी देखिएको छ।
- सोमबार लामिछाने बिरामी भएपछि वीर अस्पतालमा रगत परीक्षण गरिएको थियो।
- डाक्टरका अनुसार लामिछानेलाई नख्खु कारागारमा थुनेर राखेको र घाम नपाएका कारण यस्तो भएको हो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भिटामिन 'डी' को कमी देखिएको छ । सोमबार लामिछाने बिरामी भएपछि वीर अस्पतालको ट्रमा सेन्टरका चिकित्सकहरूले उनको रगत परीक्षण गरेका थिए ।
रगत परीक्षणको रिपोर्टबारे डा जितेन्द्रप्रसाद यादवले दिएको जानकारी अनुसार लामिछानेलाई भिटामिन 'डी' को कमी भएको प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार केही कुरामा गम्भीर सावधानी अपनाउन आवश्यक रहेको हुनाले डाक्टर यादव लामिछानेलाई भेट्न नख्खु कारागार पुगेको उनले बताए ।
'सभापतिज्यू को रगत परीक्षणको रिपोर्टबारे डा जितेन्द्र प्रसाद यादवले दिनुभएको जानकारीअनुसार, उहाँको शरीरमा भिटामिन डि को कमी देखिएको छ। रुपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय उहाँले बताउनुभएको छ’, झाले जानकारी दिए ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण