पाकिस्तान प्रशासित कश्मीरमा वर्षाका कारण ६ जनाको मृत्यु
सारांश
- पाकिस्तानी कश्मीरमा भारी वर्षाका कारण ६ जनाको मृत्यु भएको छ र एक महिला बेपत्ता भएकी छिन्।
- वर्षाका कारण आठ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४६ घरमा आंशिक क्षति पुगेको छ।
- बाढीका कारण शैक्षिक संस्थाहरू अगस्ट २३ सम्म बन्द गरिएका छन्।
इस्लामाबाद । पाकिस्तान प्रशासित कश्मीरमा अत्यधिक वर्षाका कारण सोमबार ६ जनाको मृत्यु भएको छ । एक महिला बेपत्ता रहेको बताइएको छ ।
विपद् व्यवस्थापन प्राधिकरणका अनुसार वर्षाले आठ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । ४६ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । वर्षाकै कारण यस क्षेत्रका शैक्षिक संस्थाहरू अगस्ट २३ सम्म बन्द गरिएको छ ।
जानकारीका अनुसार पुछ विश्वविद्यालयका व्याख्याता डा. गुल लाला कारसहित तरार नालीको बाढीको पानीमा बगिन् । उद्धार टोलीले करिब एक घण्टाको प्रयासपछि उनको शव नालीबाट निकालेको थियो ।
प्राधिकरणको रिपोर्टका अनुसार रावलकोटमा बाढीका कारण सात घर पूर्ण रूपमा र २२ घर आंशिक रूपमा प्रभावित भएका छन् । निलम जिल्लामा भारी वर्षासँग सम्बन्धित सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ र एक जना घाइते भएको खबर आएको छ । भिम्बर जिल्लामा पनि वर्षाका कारण धेरै घरहरू प्रभावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण