नेपालको कानुनअनुसार दर्ता नभएका सामाजिक सञ्जाल नियन्त्रण गर्छौँ : प्रधानमन्त्री ओली
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कानुनअनुसार दर्ता नभएका सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने बताए।
- उनले सामाजिक सञ्जाल डिजिटल प्लेटफर्मको दुरुपयोग भएको र अराजकता फैलाउने माध्यम बनेको बताए।
- प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई नियन्त्रण गर्दा कसैले विरोध नगर्न आग्रह गरे, किनभने कानुनभित्र रहेर काम गर्नुपर्छ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कानुनअनुसार दर्ता नभएका सामाजिक सञ्जालहरूलाई नियन्त्रण गर्ने बताएका छन् ।
राष्ट्रिय सूचना आयोगद्वारा मंगलवार आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल डिजिटल प्लेटफर्महरूको दुरुपयोग धेरै भएको भन्दै कतिपय सामाजिक सञ्जालहरूले तिमीहरूको कानुन मान्दिनँ, दर्ता हुँदिन भन्ने गरेको भन्दै तिनीहरूलाई नियन्त्रण गर्ने बताएका हुन् । नेपालको कानुनअनुसार सञ्चालन नहुने सामाजिक सञ्जालहरू अराजकता माध्यम रहेको भन्दै त्यस्ता सामाजिक सञ्जाल नियन्त्रण गर्दा विरोध नगर्न पनि आग्रह गरे ।
उनले भने, ‘सामाजिक सञ्जाल डिजिटल प्लेटफर्महरूको दुरुपयोग भएको छ । कतिपय सामाजिक सञ्जालहरू दर्ता गर्नु नपर्ने, गर्दिन, तिमीहरूको कानुन मान्दिनँ भन्छन् । संविधान मान्दिनँ, यहाँ अराजकतावादीहरू जत्तिकै मान्दिनँ, दर्ता गर्दिनँ भन्छन् । त्यसो भए नेपाल सरकारले नियन्त्रण गर्नेछ । यहाँनेर स्वतन्त्रताको हक भएन भन्ने कुरा आउला । नियमभित्र पाइन्छ । दर्ता गर्नुपर्छ, जिम्मेवार ढङ्गले चलाउनुपर्छ ।
उनले थपे, ‘समाज ध्वस्त पार्ने, दर्ता नगर्ने, कानुनको दायरामा नआउने, पैसा कमाउने, कर नतिर्ने, जनता लुट्ने, ठग्ने, जनतालाई कुबाटोतिर धकेल्ने, देशलाई बरबादीतिर धकेल्ने कोसिस गर्ने यस्ता प्रयासहरू सरकारले हुन दिँदैन । यो स्पष्ट छ । कतिपयले सामाजिक सञ्जालको विधेयक ल्याउन लाग्यो सरकारले, ल्याउँछ । अवश्य ल्याउँछ । अराजक हुन दिँदैन । संविधान र कानुनभित्र सबै बस्नुपर्छ । डेमोक्रेसी एनार्किजम होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण