बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

एमएडब्लु वृद्धिले नाडा अटोमा सार्वजनिक गर्‍यो चांगान लुमिन

मङ्गलबार, ०३ भदौ २०८२, १९ : ५१
मङ्गलबार, ०३ भदौ २०८२

काठमाडौँ । नेपालका लागि फ्युचारिस्टिक इलेक्ट्रिक ब्रान्ड दिपल र चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आज चांगानको नयाँ इलेक्ट्रिक ह्याचब्याक लुमिन सार्वजनिक गरेको छ । 

नयाँ लुमिनलाई एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, डाइरेक्टरहरु तुलिका अग्रवाल, हर्षिता अग्रवाल, रुपाली सराग्वी र प्रमुख कार्यकारी अधिकृत रुपेश शर्मा भट्टले संयुक्त रुपमा सार्वजनिक गर्नु भएको हो ।

चांगान लुमिनले स्टाइलिस, कम्प्याक्ट र स्मार्ट इलेक्ट्रिक मोबिलिटीको नयाँ युगलाई प्रतिनिधित्व गर्छ जुन नेपालको सहरी सडकका लागि उपयुक्त छ । यसको आधुनिक र आकर्षक डिजाइन, पाँच जीवन्त बडी कलर र फिचरले लुमिनले विशेष गरी युवा तथा पर्यावरणप्रेमी ग्राहकलाई आकर्षित गर्नेछ । 

चांगान लुमिनमा ३५ किलोवटा मोटर रहेको छ जसमा रहेको २८.०८ किलोवाट आवरको ब्याट्रीले ३०१ किलोमिटरको रेन्ज (एनईडीसी) दिन्छ जसले दैनिक आवागमन र विकेन्ड यात्रालाई सहज बनाउँछ ।

डिसी फास्ट चार्जिंगमार्फत लुमिनले ३० देखि ८० प्रतिशतसम्मको चार्ज मात्र ३५ मिनेटमा पुरा गर्नेछ जसले समयको बचत सुविधा दुवै प्रदान गर्छ । यसमा १०.२५ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन छ जसमा कार प्ले, स्मार्ट किलेस इन्ट्री एन्ड स्टार्ट, मोबाइल एप रिमोट कन्ट्रोल र इलेक्ट्रोनिक नब सिफ्टर जस्ता स्मार्ट फिचर छन् । 

सानो आकार हुँदा हुँदै पनि लुमिनमा १०४ लिटर देखि ५८९ लिटरसम्मको लगेज स्पेस, हाईली र्‍याप्ड सिट, लाइट लक्जरी क्याबिन डिजाइनसहितके आकर्षक इन्टेरियर दिइएको छ । 
साथै यसमा डुअल एअरब्या, हाई स्ट्रिन्थ स्टिल बडी, एनबुस्टर ब्रेकिंग सिस्टम, इएसपी स्टेबिलिटी कन्ट्रोल र ब्याट्री फोट्रेस सेफटी सिस्टम जस्ता सुरक्षात्मक सुविधाले चालक र यात्रु दुवैलाई पूर्ण आत्मविश्वास प्रदान गर्छ । 

कार्यक्रममा बोल्नुहुँदै प्रमुख कार्यकारी अधिकृत रुपेश भट्टले चांगान लुमिन रमाइलो सहरी यात्राका लागि तयार गरिएको र आधुनिक जीवनशैलीका ठ्याक्कै मिल्ने गरी स्मार्ट बनाइएको बताउनु भयो । नेपाली बजारमा चांगान लुमिनको मूल्य २२ लाख ९९ लाख रुपैयाँ तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप