एनआरएनए अध्यक्ष पदको उम्मेदवारी शुल्क ५ लाख रुपैयाँ कायम
बुधबार, ०४ भदौ २०८२, ०७ : ०२
सारांश
- एनआरएनएको आगामी महाधिवेशनमा उम्मेदवार बन्न शुल्क तोकिएको छ।
- अध्यक्ष पदको उम्मेदवारी शुल्क ५ लाख रुपैयाँ कायम गरिएको छ।
- महिला र युवा पदका लागि भने विशेष छुटको व्यवस्था गरिएको छ।
काठमाडौँ । बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने १२ औँ महाधिवेशनमा उम्मेदवार बन्नेहरूको लागि उम्मेदवारी शुल्क तोकिएको छ।
संघको पदाधिकारी बैठकले अध्यक्ष पदको उम्मेदवारी शुल्क ५ लाख रुपैयाँ कायम गरेको हो। संघले ११ औँ महाधिवेशनमा तोकिएको शुल्कलाई यथावत् राख्दै सबै पदमा उम्मेदवारी शुल्क अनिवार्य गरेको छ। तर महिला र युवा पदमा भने विशेष छुट दिइएको छ।
युवा तथा महिला उपाध्यक्ष पदका लागि उम्मेदवारी शुल्क १ लाख ७५ हजार रुपैयाँ मात्र तोकिएको छ भने महासचिव पदमा ३ लाख रुपैयाँ तोकिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण