सेयर बजार ९.७० अङ्कले घट्यो, ५ अर्ब २० करोडको कारोबार
काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कले घटेको । बजार बन्द हुँदा नेप्से परिसूचक ९.७० अङ्कले घटेर २७६७.२० को विन्दुमा झरेको छ ।
बजारसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा आज १ करोड ५२ लाख कित्ता सेयर खरिदबिक्री भई कुल ५ अर्ब २० करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका कुल कम्पनीमध्ये ५९ वटाको मूल्य बढेको छ भने १८८ वटाको मूल्य घटेको छ । दुई वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
बुधबारको बजारमा विकास हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ३२१.३० रुपैयाँ पुगेको छ । त्यसैगरी, चन्द्रागिरि हिल्स ७.४२ प्रतिशत बढेको ।
त्यस्तै पञ्चकन्यामाई हाइड्रोपावर का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ९.०३ प्रतिशत ले घटेर ४०८.६८ रुपैयाँमा झरेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अगाडि रह्यो। कम्पनीको २५ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
त्यस्तै हिमालयन रिइन्स्योरेन्सले २१ करोड ७६ लाख र चन्द्रागिरि हिल्सले १९ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
-
अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा बढी प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण