कंगोमा विद्रोहीद्वारा १४० सर्वसाधारणको हत्या
सारांश
- पूर्वी कंगोमा एम २३ विद्रोहीहरूले कम्तीमा १४० सर्वसाधारणको हत्या गरेका छन्।
- हत्याका घटना रुवान्डा समर्थित विद्रोहीहरूले एक महिनामा गरेको बताइएको छ।
- कंगोमा द्वन्द्व अन्त्य र शान्ति स्थापनाका लागि अमेरिका र कतारको मध्यस्थता भइरहेको छ।
किन्शासा । पूर्वी कंगोमा एम २३ विद्रोहीहरूले कम्तीमा पनि १४० जना सर्वसाधारणको हत्या गरेका छन् । गएको एक महिनामा भएको यो हत्या २०२१ को अन्त्यतिर त्यहाँ उक्त विद्रोही समूह सल्बलाउन थालेयताकै धेरै हो ।
यतिबेला अमेरिका र कतारको मध्यस्थतामा कंगोमा द्वन्द्व अन्त्य गर्ने र शान्ति स्थापना गर्ने प्रयास भइरहेको छ । यही प्रयासका बिच यी हत्या भएका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार रुवान्डा समर्थित विद्रोहीहरूले महिला र बालबालिका समेत स्थानीय बासिन्दालाई एकाएक मारेका थिए । मर्नेमध्ये अधिकांश रुत्शुरु क्षेत्रका हुतु जनजाति समूहको भएको बताइएको छ ।
यसअघि विद्रोहीहरूले सो क्षेत्रमा हुने कुनै पनि हत्यामा आफ्नो संलग्नता अस्वीकार गरेका थिए । यसलाई उनीहरूले तथ्य गलत तरिकाले प्रस्तुत गरिएको बताएको थियो ।
यो समाचारप्रति आफूले सोधेको जिज्ञासामा समूह मौन बसेको एक प्रतिवेदना ह्यूमन राइट्स वाचले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण