आठ प्रकारका कडा रोगको उपचार सुविधा अब स्वास्थ्य बीमाबाट मात्र
काठमाडौँ । सरकारले छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्दै आठ प्रकारका कडा रोगको उपचार सुविधा स्वास्थ्य बीमामार्फत मात्रै उपलब्ध गराउने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन) स्वीकृत गरेसँगै यो नयाँ व्यवस्था लागु भएको हो ।
अबदेखि नागरिकले मिर्गौला, मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाजस्ता कडा रोगको उपचारबापत पाउने सरकारी सुविधा स्वास्थ्य बीमा बोर्डमार्फत एकद्वार प्रणालीबाट प्राप्त गर्नेछन् ।
के–के सुविधा
मिर्गौला रोगः हेमोडाइलाइसिस सेवा पूर्ण रूपमा निःशुल्क हुनेछ । मिर्गौला प्रत्यारोपणका लागि कुल ७ लाख ५० हजार रुपैयाँ (विपन्न सुविधा र बीमामार्फत थप एक लाखसहित) प्राप्त हुनेछ । साथै, प्रत्यारोपण गराएका बिरामीले मासिक ५ हजार जीवन निर्वाह भत्ता पनि पाउनेछन् ।
आठ प्रकारका कडा रोगमा मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाजस्ता रोगहरूको उपचारका लागि बीमा र विपन्न सुविधासमेत गरी कुल ३ लाख बराबरको उपचार सेवा उपलब्ध हुनेछ ।
मुटुको भल्भ सर्जरीः १५ वर्षमुनि र ७५ वर्षमाथिका नागरिकका लागि गंगालाल र मनमोहन अस्पतालमार्फत निःशुल्क अप्रेसनको व्यवस्था गरिएको छ । साथै बीमामार्फत थप २ लाख रुपैयाँ बराबरको सुविधा पनि प्राप्त हुनेछ ।
यो एकीकृत सेवा लिनका लागि नागरिक अनिवार्य रूपमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएको हुनुपर्ने प्रावधान राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण