एक महिनामा वार्षिक लक्ष्यको ६ दशमलव ८५ प्रतिशत राजस्व सङ्कलन
सारांश
- भद्रपुर आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा ३० करोड ५१ लाख राजस्व सङ्कलन गरेको छ।
- कार्यालयले चालु आवमा ४ अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ।
- गत आव २०८१/८२ को पहिलो महिनामा ३० करोड २३ लाख २६ हजार राजस्व सङ्कलन भएको थियो।
झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा रु ३० करोड ५१ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको ६ दशमलव ८५ प्रतिशत हो ।
कार्यालयले चालु आवमा चार अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिए । “साउन महिनामा ३८ करोड तीन लाख ९१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८० दशमलव २३ प्रतिशत राजस्व सङ्कलन भयो”, उनले भने ।
यसमा आयकरबाट रु सात करोड ८३ लाख ६२ हजार, ब्याजबापत रु एक करोड ५१ लाख ६१ हजार, मूल्य अभिवृद्धि कर बापत रु १४ करोड ४५ हजार र अन्तःशुल्कबापत रु छ करोड ८३ लाख ७० हजार राजस्व सङ्कलन भएको हो ।
गत आव २०८१/८२ को पहिलो महिनामा रु ३० करोड २३ लाख २६ हजार राजस्व सङ्कलन भएको थियो । कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गर्नाका साथै लाभग्राही केन्द्रित व्यावहारिक कर शिक्षा प्रदान गरिरहेको कर अधिकृत सुनुवारले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण