अछाममा चिप्लिएर खोलामा खसेकी बालिकाको मृत्यु
बिहीबार, ०५ भदौ २०८२, ०८ : ४३
सारांश
- अछाममा चिप्लिएर खोलामा खसेर एक बालिकाको मृत्यु भएको छ।
- मेल्लेख गाउँपालिका ४ की ७ वर्षीया कृति साउँदको खोलामा खसेर मृत्यु भएको हो।
- उनी मामाघरबाट फर्किने क्रममा ईगडी खोलामा चिप्लिएर बेपत्ता भएकी थिइन् र उनको शव फेला परेको छ।
धनगढी । अछाममा चिप्लिएर खोलामा खसेर बालिकाको मृत्यु भएको छ ।
बुधबार दिउँसो करिब पौने ३ बजेको समयमा मेल्लेख गाउँपालिका ४ को सेलगाँउ बस्ने खडक साउँदको ७ वर्षीय छोरी कृति साउँदको खोलामा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरू साँफेबगर नगरपालिका १३ को मैडाली मामा घरबाट औषधि उपचार गर्न मामासँग बुढाबगरबाट उपचार गरी फर्किरहेकी थिइन् । सोही क्रममा ईगडी खोलाको साँघुरो बाटोबाट चिप्लिएर खोलामा खसेकी थिइन् ।
खोलामा बगेर बेपत्ता भएकी उनको शव करिब ३ किलोमिटर दक्षिणतर्फ फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
-
वैदेशिक रोजगारीका पीडितका लागि अनलाइन उजुरी प्रणाली सुरु, काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण