बिहान ८ बजेको लागि बोलाइएको शिक्षा समितिको बैठक अझै सुरु हुन सकेन
बिहीबार, ०५ भदौ २०८२, ०९ : १२
सारांश
- विद्यालय शिक्षा सम्बन्धी विधेयकमा छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु हुन सकेको छैन।
- शिक्षामन्त्री र पदाधिकारी बैठकमा उपस्थित भएपनि बैठक सुरु हुन सकेको छैन।
- निजी विद्यालय सञ्चालक र शिक्षक महासंघले विधेयकप्रति असहमति जनाउँदै आन्दोलनको चेतावनी दिएका छन्।
काठमाडौँ । विद्यालय शिक्षा सम्बन्धी विधेयक–२०८० माथि छलफल गर्न बोलाइएको संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अझै सुरु हुन सकेको छैन । बिहान ८ बजेका लागि बैठक बोलाइएको भए पनि सुरु हुन विलम्ब भएको हो ।
बैठकमा शिक्षामन्त्री रघुजी पन्त, सभापति अम्मर बहादुर थापा र पदाधिकारीहरू उपस्थित भए पनि बैठक सुरु हुन नसकेको हो ।
निजी विद्यालय सञ्चालक संस्था नेशनल प्याब्सन र प्याब्सनले विधेयकप्रति असहमति जनाउँदै ५ बुँदे मागसहित आन्दोलनमा उत्रिएको बेला आज समितिको बैठक बस्न लागेको ।
यता शिक्षक महासंघले पनि विद्यालय शिक्षा सम्बन्धी विधेयकमा समावेश गर्न लागिएको कतिपय प्रावधानमा असहमति जनाउँदै आन्दोलनको चेतावनी दिएको छ । यस्तो अवस्थामा आज बस्न लागेको शिक्षा समितिको बैठकलाई चासोपूर्वक हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण