नेदरल्याण्ड्सकी डानिक आर्डेमा मधेस युनाइटेडमा अनुबन्धन
सारांश
- मधेस युनाइटेडले एभरेस्ट महिला भलिबल लिगको लागि नेदरल्याण्ड्सकी डानिक आर्डेमालाई अनुबन्धन गरेको छ।
- आर्डेमा अनुभवी सेटर हुन् र उनले नेदरल्याण्ड्स, स्पेन र जर्मनीका क्लबहरूमा खेलेकी छन्।
- एभरेस्ट महिला भलिबल लिग आगामी भदौ २० देखि २८ गतेसम्म पोखरामा हुनेछ।
काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्लूभीएल)को दोस्रो संस्करणका लागि मधेस युनाइटेडले नेदरल्याण्ड्सकी डानिक आर्डेमालाई अनुबन्धन गरेको छ ।
मधेशले आर्डेमालाई दोस्रो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो । यसअघि मधेस युनाईटेडले नेदरल्याण्ड्सकी आउट साईड हिटर रोमी भिनस्ट्राको नाम घोषणा गरिसकेको छ ।
१७५ से.मी. अग्लो कदकी आर्डेमा एउटा अनुभवी सेटर हुन्, जसले नेदरल्याण्ड्सको शीर्ष स्तरीय क्लबहरूमा खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन् । आर्डेमाले आफ्नो करियरमा नेदरल्याण्ड्स, स्पेन र जर्मनीका बिभिन्न क्लबहरूमा खेलेर अनुभव समेटेकी छन् ।
पछिल्लो समय उनी नेदरल्याण्ड्सकै शीर्ष डिभिजन अन्तर्गतको क्लब सुडोसा–डेस्टोका लागि खेल्दै आएकी छन् । सन् २०२४ मा उनले नेदरल्याण्ड्स युवा राष्ट्रिय च्याम्पियनसिप जित्न सफल भएकी थिइन् ।
उनलाई मधेस युनाइटेड टिममा अनुबन्ध गर्न पाउँदा मधेस युनाइटेड टिम धेरै खुशी रहेको बताएकाको छ ।
एभरेस्ट महिला भलिबल लिग खेल्न पाउँदा आफू निकै हर्षित भएको बताएकी छन् ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) पोखरामा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण