पाँच वर्षमा पनि सञ्चालन भएनन् आधारभूत अस्पताल
पर्वत । एक पालिका एक अस्पताल अभियानअन्तर्गत विगत पाँच वर्ष अघिदेखि जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण थालिएका कुनै पनि आधारभूत अस्पताल हालसम्म सञ्चालनमा आउन सकेका छैन।
ग्रामीण नागरिकलाई सर्वसुलभ स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएका ती अस्पताल सञ्चालनमा ल्याउन नसकिएको हो ।जिल्लाका सात स्थानीय तहमध्ये कुश्मा र जलजला गाउँपालिकामा भवन निर्माण सम्पन्न भए पनि सञ्चालन हुन सकेको छैन । अन्य स्थानीय तहमा अस्पताल निर्माण सम्पन्न भएको छैन ।
मोदी गाउँपालिका–५ स्थित बाजुङ पोखरेमा १५ शय्याको आधारभूत अस्पताल शिलान्यास गरिएको पाँच वर्ष बित्दासमेत जग्गा प्राप्तिको प्रक्रिया पूरा हुन सकेको छैन ।
वडा नम्बर ५ का वडाध्यक्ष मानबहादुर अधिकारीले जनताको माग अनुसार गाउँपालिका आफैँले गत वर्ष भवन भाडामा लिई आधारभूत अस्पताल सञ्चालन गर्ने योजना बनाएको बताए ।
कुश्मा नगरपालिका–१२ ठूली पोखरीमा करिब रु पाँच करोडमा १० शय्याको आधारभूत अस्पताल भवन गत वर्ष निर्माण भए पनि स्रोतसाधनको अभावमा सञ्चालन गर्न नसकिएको सो वडाका वडाध्यक्ष झलक रिमालको गुनासो छ ।
जलजला गाउँपालिकाका सूचना अधिकारी भेषराज आचार्यका अनुसार वडा नं ३ मल्लाजमा करिब रु १० करोडमा निर्माणाधीन आधारभूत अस्पतालको भवन निर्माण सम्पन्न भए पनि सञ्चालन गर्न सकिएको छैन ।
त्यसैगरी फलेवास नगरपालिका– ६ देविस्थानमा अस्पताल निर्माणका लागि पाँच रोपनी बढी जग्गा व्यवस्था गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट रु एक करोड ७० लाख प्राप्त भई भवन निर्माण थाले पनि सम्पन्न भएको छैन ।
महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा १५ शय्या बराबरको आधारभूत अस्पताल भवन निर्माण गर्न भनी ठेकेदारसँग रु १३ करोड ४१ लाखमा बोलपत्र भई विसं २०७८ मा सम्झौता भएको थियो । गाउँपालिकाका सूचना अधिकारी नरबहादुर बरालका अनुसार भवन निर्माण करिब २० प्रतिशत मात्र भएको छ ।
पैयुँ गाउँपालिका–४ हुवासमा रु १० करोडमा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल पटक पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । त्यसैगरी विहादी गाउँपालिकामा आधारभूत अस्पताल निर्माण हुन नसकेको प्रशासकीय अधिकृत यमनबहादुर रेग्मीले जानकारी दिए ।
सङ्घीय सरकारको सहयोगमा यसअघि वडा नं २ बर्राचौरमा निर्माण थालिएको १० शय्याको बिहादी अस्पताल सात वर्षदेखि अलपत्र छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण