चिनीमा गोलमाल गरेपछि सशस्त्रका डीएसपी हेड क्वार्टर तानिए
सारांश
- रौतहटमा तस्करीको चिनी बरामद भएपछि सशस्त्र प्रहरीका डीएसपी हेडक्वार्टर तानिएका छन्।
- चिनीमा गोलमाल भएको आरोपमा १६ जनामाथि अनुसन्धान भइरहेको छ, जसमा मधेस प्रदेशका सशस्त्र प्रहरी संलग्न छन्।
- भन्सार छलीको चिनी कम परिमाणमा बुझाइएको पाइएपछि सशस्त्र प्रहरीले छानबिन थालेको हो।
जनकपुर । रौतहटमा छापा मारेर बरामद गरिएको तस्करीको चिनीमा गोलमाल भएको पाइएपछि सशस्त्र प्रहरीका एक डीएसपी हेड क्वार्टर तानिएका छन् भने अन्य १६ जनामाथि पनि अनुसन्धानको घेरमा परेका छन् ।
गएको साउन २९ गते रौतहटको शिवनगरस्थित एक गोदाममा सशस्त्र प्रहरीले छापा मारेर अवैध तरिकाले भित्र्याइएको चिनी बरामद गरेको थियो । उक्त क्रममा चिनीमा गोलमाल गरेको पाइएपछि सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) अमर लामा मुख्यालय तानिएका सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले पुष्टि गरे ।
उनका अनुसार यस घटनासँग जोडिएका अन्य १६ जनालाई मधेस प्रदेशको सशस्त्र प्रहरी कार्यालयमा राखेर अनुसन्धान चलिरहेको छ । यता मधेस प्रदेशका सशस्त्र प्रहरीका डीआईजी कृष्ण ढकालले पनि चिनी घटनामा शंकास्पद सबैलाई बाहिनीमा बोलाएर छानबिन भइरहेको जानकारी दिएका छन् ।
के हो घटना ?
रौतहटको शिवनगरमा भन्सार छलीको चिनी राखिएको भिडिओसहित सशस्त्र प्रहरीको मुख्यालयमा सूचना पुग्यो । त्यसपछि मुख्यालयले शिवनगरमा रहेको सशस्त्र प्रहरीको गौर गुल्मलाई छापा मार्न निर्देशन दियो ।
सोही सूचना र भिडिओको आधारमा सशस्त्र प्रहरीले साउन २९ गते उक्त गोदाममा छापा मार्यो, जहाँबाट भन्सार छली गरी राखिएको अवैध चिनी बरामद पनि भयो । सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालयअनुसार त्यहाँबाट १३४ बोरा तस्करीका चिनी बरामद भएको थियो ।
डीआईजी ढकालका अनुसार बरामद उक्त चिनी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइसकिएको छ । तर भन्सार कार्यालयमा भने कम परिमाणमा बुझाइएको पाइएपछि सशस्त्र प्रहरी मुख्यालयले शंकास्पद मान्यो । कारण थियो– भिडिओमा धेरै परिमाणमा चिनी भण्डारण गरेको देखिनु । र चिनीमा गोलमाल भएको भन्दै छानबिन सुरु गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण