युक्रेन युद्धबारे म्याक्रों-मोदीबिच टेलिफोन वार्ता
बिहीबार, ०५ भदौ २०८२, २२ : ३९
सारांश
- फ्रान्सका राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच युक्रेन युद्धबारे टेलिफोन वार्ता भएको छ।
- वार्तामा युक्रेनमा शान्ति स्थापना र युरोपको सुरक्षालाई प्राथमिकता दिइएको थियो।
- दुवै नेता व्यापार, आर्थिक आदानप्रदान र रणनीतिक साझेदारी बलियो बनाउन सहमत भएका छन्।
काठमाडौँ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच युक्रेन युद्धलगायत समसामयिक विषयमा टेलिफोन वार्ता भएको छ।
राष्ट्रपति म्याक्रोंले सामाजिक सञ्जालमार्फत वार्ताबारे जानकारी दिँदै युक्रेनमा दीर्घकालीन शान्ति स्थापनाका लागि युक्रेन तथा युरोपको सुरक्षालाई प्राथमिकतामा राखी दुवै नेताबिच विचार विमर्श भएको उल्लेख गरेका छन्।
उनका अनुसार दुवै नेताले व्यापार, आर्थिक आदानप्रदान र रणनीतिक साझेदारीलाई अझै मजबुत बनाउने सहमति पनि व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण