३ जना मृतावस्थामा फेला
शुक्रबार, ०६ भदौ २०८२, १८ : ३३
काठमाडौँ । देशका विभिन्न जिल्लामा ३ जना व्यक्तिहरू शुक्रबार मृतावस्थामा फेला परेका छन् ।
गुल्मीको इस्मा गाउँपालिका–२ छल्दिटारस्थित छल्दिखोलाको किनारमा सोही गाउँपालिका–१ का ५४ वर्षीय मान बहादुर कुमाल मृत फेला परेका छन् ।
त्यसैगरी, कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका–११ महुवाबारीस्थित आफ्नै घरमा ४२ वर्षीया जुना परियार मृत अवस्थामा भेटिएकी छन् ।
रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–४ मनौरी बस्ने ८५ वर्षीया उत्तममति सोनार पनि सोही नगरपालिका–८ मा रहेको माछा पोखरीमा मृत अवस्थामा फेला परेकी छन् ।
उक्त घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण