स्वदेशवाद र बहुराष्ट्रका लागि ४१ जिल्लामा अभियान सञ्चालन गर्दै राजेन्द्र महतो
सारांश
- राष्ट्रिय मुक्ति पार्टी नेपालले स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको सिद्धान्त अनुसार संगठन विस्तार गर्ने भएको छ।
- पार्टीले भदौ ८ गतेदेखि असोज २२ गतेसम्म ४१ जिल्लामा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ, जसमा विभिन्न कार्यक्रमहरू समावेश छन्।
- पार्टीले वर्तमान सरकारको आलोचना गर्दै जनआन्दोलन सुरु गर्ने, सहकारी अर्थतन्त्रलाई प्रोत्साहन गर्ने र विभिन्न मागहरू राखेको छ।
काठमाडौँ । । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको सिद्धान्त अनुसार सङ्गठन विस्तारको अभियान सञ्चालन गर्ने भएको छ ।
त्यसका लागि सो पार्टी ४१ जिल्लाका लागि प्रभारी र सहप्रभारी (इन्चार्ज–सहइन्चार्ज) पनि तोकेको छ । शान्तिनगरस्थित पार्टी कार्यालयमा सात दिनसम्म चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको सो पार्टीका महासचिव सन्तोष महेताले बताए ।
भदौ ८ गतेदेखि असोज २२ गतेसम्म सञ्चालन हुने सो अभियान ताप्तलेजुङदेखि रोल्पासम्म गरी ४१ वटा जिल्लामा सञ्चालन हुने बताइएको छ ।
सो अवधिमा स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको सिद्धान्तअनुसार पार्टीको विचार जनस्तरसम्म पुर्याउने कार्य गर्ने पार्टीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
पार्टीका अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा साउन ३१ गतेदेखि भदौ ६ गतेसम्म बसेको बैठकले समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको छ ।
राष्ट्रिय मुक्ति पार्टी र जनता समाजवादी पार्टीबिच साउन २९ गते भएको एकता–उन्मुख कार्यगत एकतालाई बैठकले अनुमोदन गर्दै दुवै पार्टी मिलेर सहमति अनुसारका कार्यक्रम अगाडि बढाउने बैठकले निर्णय गरेको छ ।
त्यसैगरी काठमाडौँमा रहेका मधेसी समुदायलाई सङ्गठित गर्न “स्वनिगः मधेस समन्वय समिति” गठन गरिएको छ । समितिको प्रभारीमा कौशल कुमार सिंह, सह–प्रभारीमा कौशलेन्द्र शर्मा र सदस्यमा राम प्रवेश साहलाई जिम्मेवारी तोकिएको बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले जारी राजनीतिक अवस्थालाई गहिरो सङ्कट, सांस्कृतिक विघटन र आर्थिक दिवालियापनको अवस्था रहेको ठहर गर्दै संविधान २०७२ ले मधेसी, आदिवासी, दलितलगायत उत्पीडित समुदायलाई राज्यबाट बहिष्कृत गरेको आरोप लगाएको छ ।
एमाले–कांग्रेस नेतृत्वको वर्तमान सरकारले सत्ता केन्द्रीकरण, भ्रष्टाचार र निरंकुशतालाई बढावा दिएको भन्दै बैठकले कडा आलोचना गरेको छ ।
बैठकले २०८२ सालमै राष्ट्रव्यापी जनआन्दोलन सुरु गर्ने, सहकारी अर्थतन्त्रलाई प्रोत्साहन गर्ने र अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्दै बहुल–राष्ट्रिय राज्य निर्माणको एजेन्डा अघि बढाउने निर्णय गरेको छ ।
साथै हालैको बाढी पहिरो र तराई–मधेसमा उत्पन्न सुख्खा र मरुभूमिकरणको समस्याप्रति चिन्ता व्यक्त गर्दै बैठकले तत्काल राहत, खानेपानी र मलखाद उपलब्ध गराउन, मुक्कुम्लुङमा भइरहेको केबलकार निर्माण रोक्न र राजविराजमा लामो समयदेखि जारी जग्गा विवाद समाधान गर्न सरकारसँग माग गरेको छ ।
बैठकले पार्टीका विभिन्न निर्देशिका र कार्य योजना संशोधनसहित पारित गरेको छ । साथै, सबै केन्द्रीय सदस्य तथा पदाधिकारीलाई यसै भदौ मसान्तसम्म व्यक्तिगत सम्पत्ति विवरण बुझाउन बैठकले निर्देशन दिएको छ ।
राष्ट्रिय मुक्ति पार्टीले आफूलाई उत्पीडित समुदायहरूको एकताबाट नयाँ राजनीतिक विकल्पको रूपमा अघि बढाउने दाबी गर्दै हालका सबै चुनौतीबाट मुलुकलाई मुक्त गराउने बैठकले प्रतिबद्धता व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण