सरकार अधिनायकवादतिर उन्मुख छ : अग्नि सापकोटा
शनिबार, ०७ भदौ २०८२, १० : ३०
सारांश
- माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाए।
- उनले दुई दलीय पकड कायम गर्ने प्रयास भइरहेको र उपसभामुखलाई हटाउने खेल भइरहेको बताए।
- सापकोटाले प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्मा बहुमत पुर्याउन बदनियतपूर्ण काम गरेको आरोप लगाए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवादतिर उन्मुख भएको आरोप लगाएका छन् । उनले राज्यका सबै संयन्त्रहरूमा दुई दलीय पकड कायम गर्नेमा सत्तारुढ दुई ठुला दलहरू लागिरहेको आरोप लगाए ।
विशेषतः नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय संयन्त्र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने दिशातिर अघि बढिरहनुभएका सापकोटाको आरोप छ । उपसभामुख इन्दिरा रानालाई हटाउने खेल त्यसकै एउटा उदाहरण भएको सापकोटाले बताए । उपसभामुखबाट रानालाई हटाउने कुरा प्रतिशोधपूर्ण र बदनियत पूर्ण रहेको उनको जिकिर ।
उनले संवैधानिक परिषद्मा बहुमत पुर्याउन प्रधानमन्त्री ओलीले बदनियत पूर्ण काम गरिरहेको आरोप लगाउँदै यो गैरसंसदीय प्रक्रिया भएको जिकिर गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण