पहिरो हटाएपछि त्रिभुवन राजपथ सञ्चालनमा
शनिबार, ०७ भदौ २०८२, १२ : ४१
सारांश
- हेटौँडा-काठमाडौँ जोड्ने त्रिभुवन राजपथ वर्षाका कारण अवरुद्ध भएपछि पुनः सञ्चालनमा आएको छ।
- भीमफेदी गाउँपालिका-१ बागझोरामा गिटी बालुवा सहितको भल र पहिरोले सडक अवरुद्ध पारेको थियो।
- प्रहरीले गिटी बालुवा र पहिरो हटाएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।
मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथ सञ्चालनमा आएको छ । शुक्रबार दिउँसो परेको वर्षाका कारण गिटी बालुवा सहितको भल र पहिरोले अवरुद्ध भएको सडक मध्यान्ह १२ बजेपछि सञ्चालनमा आएको हो ।
भीमफेदी गाउँपालिका–१ स्थित बागझोरामा गिटी बालुवा सहितको भल र सुपारे टार ब्यारेक नजिक खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागझोराको गिटी बलुवासहितको भल र पहिरो हटाएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण