सलमानले भने, ‘मलाई एउटै मिति याद छ, त्यो हो कट्रिनाको जन्मदिन’
शुक्रबार, ३० असार २०७४, १३ : १९
बलिउडको सबैभन्दा ठूलो अवार्ड कार्यक्रम आइफा अवार्ड यसवर्ष न्यूयोर्कमा आयोजना गरियो । १४ जुलाईदेखि सुरु भएको आइफा २०१७ को पहिलो दिन सलमान खान र कट्रिनाको नाममा रह्यो ।
आइफाको सुरुवाती दिनको पत्रकार सम्मेलनमा सलमान खान, कट्रिना कैफ, आलिया भट्ट, वरुण धवन, कृति सेनन र सुशान्त राजपूतको उपस्थिती रह्यो ।

कार्यक्रमको पहिलो दिन सलमान र कट्रिना आकर्षणको केन्द्रमा रहे । उनीहरु एक अर्कासँग निकै सहज देखिन्थे ।

पत्रकार सम्मेलनमा जब सलमानलाई आइफा कहिले छ भनेर प्रश्न सोधियो तब उनले जवाफ दिए, ‘मलाई एउटै मिति याद छ, त्यो हो कट्रिनाको जन्मदिन ।’ स्मरण रहोस्, कट्रिनाको जन्मदिन १६ जुलाईमा छ । सलमानले कुन तरिकाले कट्रिनालाई बधाई दिन्छन् त्यो हेर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण