भन्सार विन्दुबाट एक महिनामा ३६ अर्ब ८१ करोड बराबर राजस्व सङ्कलन
सारांश
- भन्सार विन्दुबाट एक महिनामा ३६ अर्ब ८१ करोड बराबर राजस्व सङ्कलन भएको छ।
- सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ, जसबाट ८ अर्ब ७२ करोड राजस्व सङ्कलन भयो।
- तेल, घ्यू र फलामजन्य वस्तुको आयात पनि उल्लेख्य रहेको छ।
काठमाडौँ । भन्सार विन्दुबाट एक महिनामै ३६ अर्ब ८१ करोड बराबर राजस्व सङ्कलन भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ साउन महिनामा मात्रै ३६ अर्ब ८१ करोड ४१ लाख ८३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको हो ।
विभागकाअनुसार यो अवधिमा १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख ६९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
यसमध्ये सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । एक महिनाको अवधिमा २१ अर्ब ९९ करोड ९३ लाख ४१ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोलियम पदार्थ आयात हुँदा ८ अर्ब ७२ करोड ५३ लाख ९६ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको उल्लेख छ ।
यस्तै गरी दोस्रोमा १३ अर्ब ४५ करोड २७ लाख ८८ हजार रुपैयाँ बराबरको तेलघ्यूजन्य वस्तु आयात भएको छ । उक्त तेलघ्यूजन्य वस्तु आयात हुँदा ७४ करोड ८३ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस्तै १३ अर्ब ३० करोड बराबरको फलाम तथा फलामजन्य वस्तु आयात भएको छ । उक्त फलाम आयात हुँदा २ अर्ब २६ करोड ८३ लाख ७९ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।
यसैगरी ८ अर्ब १ करोड ८१ लाख ८३ हजार रुपैयाँ बराबरको सवारी साधन तथा पार्टपुर्जा आयात भएको छ । उक्त सवारी साधन तथा पार्टपुर्जा आयात हुँदा ७ अर्ब ३० करोड ५४ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण