‘वास्तविक एकताको महाधिवेशनबाहेक अरू कुनै अधिवेशनमा मेरो नाम समावेश नगर्नू’
सारांश
- एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले संघभित्रको विवादमा वास्तविक एकताको महाधिवेशनमा मात्रै संलग्न रहने बताएका छन्।
- उनले संघको मूल मर्ममाथि प्रहार भइरहेको र केही व्यक्तिको हठका कारण एकताको महाधिवेशन सफल हुन नसकेको बताए।
- महतोले संघको गरिमा बढाउने गरी हुने वास्तविक एकताको महाधिवेशनमा आफ्नो संलग्नता रहने बताएका छन्।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले संघभित्र उत्पन्न विवाद र विभाजनको अवस्थामा आफू केवल ‘वास्तविक एकताको महाधिवेशन’ मा मात्र संलग्न रहने स्पष्ट गरेका छन् ।
महतोले आज एक वक्तव्य जारी गर्दै २२ वर्षअघि विदेशमा सिकेको ज्ञान, सीप, पुँजी र प्रविधि नेपालको विकासका लागि संघ स्थापना गरिएको भए पनि पछिल्लो समय यसको मूल मर्ममाथि प्रहार भइरहेको अनुभूति भएको बताएका छन् ।
उच्च अदालतको निर्णयअनुरूप वास्तविक एकताको महाधिवेशन सम्भव हुँदाहुँदै पनि केही व्यक्तिको हठ र गलत बुझाइका कारण त्यो सफल हुन नसकेको उल्लेख गर्दै उनले भने, ‘यो अभियानलाई विचलित पार्नेगरि हुने कुनैपनि अधिवेशन एकताको महाधिवेशन हुन सक्दैन, त्यसैले अरू कुनै अधिवेशनमा मेरो नाम नराखिदिन आग्रह गर्दछु।’
उनले भनेका छन्, ‘संघको गरिमा बढाउने गरी हुने ‘वास्तविक एकताको महाधिवेशन’ मा भने मेरो संलग्नता रहनेछ, त्यसका लागि आवश्यक जस्तोसुकै भूमिका खेल्न र सहयोग गर्न म सधैँ तयार छु।’
महतोले सम्पूर्ण पक्षलाई अनावश्यक हठ त्यागी मेलमिलापको वातावरण बनाउन र अभियानलाई दीर्घकालीन बनाउन आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण