गल्तीले जेलबाट छुटेः घरमा पुगेर श्रीमतीलाई बताउँदा कारमा राखेर दुई घण्टाभित्रै जेल पुर्याइदिइन्
अमेरिकाको कोलोराडोस्थित एक कैदी जेम्स रेनर्सन (३८) गल्तीपूर्वक जेलबाट रिहा भए ।
मेसा काउन्टी जेलले जेम्स रेनर्सनको नाडीमा लगाइएको ब्यान्डसमेत नहेरी जेलबाट मुक्त हुनुपर्ने अन्य कैदी ठानेर जेलमुक्त गरिदियो ।
रेनर्सनले जेलमुक्त हुनुपर्ने व्यक्तिको कागजात, डेबिड कार्ड र छालाको ज्याकेट चोरे, नक्कली दस्तखत गरे र जेलमुक्त भए ।
द डेली सेन्टिनेललाई उद्धृत गर्दै डेली मेलले भन्यो, ‘रेनरसनलाई गत मे महिनामा धम्काएको र कानून मिचेको आरोपमा कैद सजायँ सुनाइएको थियो ।’
अर्का कैदी ३५ वर्षे मार्भिन मार्चको सेल मर्मत भइरहेकाले रेनरसनको सेलमा राखिएको थियो ।
मार्च पछि आफ्नै सेलमा गए तर जेलका अधिकारीले यसबारे अपडेट गरेनन् । जब मार्च रिहा हुने समय आयो तब जेलका अधिकारी रेनर्सनको सेलमा गएर उनलाई बोलाए । रेनर्सन बाहिर निस्किए ।
न त सेलका डेप्युटीले न नै बुकिङ टेक्निसियनले रेनर्सनले दस्तावेज र उनले नाडीमा लगाएको ब्यान्डमा लेखिएको नाम परिक्षण गरे ।
मार्चले आफू कहिले रिहा हुने भनेर डेप्युटीलाई सोधेपछि जेलरको गल्ती सार्वजनिक भएको हो ।
रेनर्सनकी श्रीमतीले आफ्ना श्रीमानलाई आफू बस्ने घरको ग्यारेजमा देखेपछि चकित भएकी थिइन् ।
जब उनले श्रीमतीलाई आफू कसरी रिहा भए भनी बेलिबिस्तार सुनाए तब उनले श्रीमानलाई कारमा राखेर जेल पुर्याइन् । उनलाई रिहा भएको दुई घण्टा नबित्दै श्रीमतीले जेल फिर्ता गरिदिइन् ।
उक्त घटनापछि रेनर्सनमाथि भागेको, चोरी गरेको, धोका दिएको, अपराधप्रति आकर्षण भएको भन्दै मुद्दा दर्ता गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण