अर्घाखाँचीमा बाघको आक्रमणले सात बाख्रा मरे, आठ बेपत्ता
सारांश
- अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा बाघको आक्रमणबाट सात वटा बाख्रा मरेका छन् भने आठ वटा बेपत्ता छन्।
- हिमालयन बाख्रापालन तथा कृषि फार्मका १५ वटा बाख्रामा बाघले आक्रमण गरेको थियो।
- बाघको आक्रमणबाट ठूलो क्षति पुगेको भन्दै फार्म सञ्चालक चिन्तित छन्, र यस क्षेत्रमा बाघको आक्रमण बढ्दै गएको छ।
अर्घाखाँची। शितगङ्गा नगरपालिकामा बाघको आक्रमणबाट सात वठा बाख्रा मरेका छन् भने आठ वटा बेपत्ता छन् । शितगङ्गा–१३ माझिफाँटस्थित हिमालयन बाख्रापालन तथा कृषि फार्मका १५ वटा बाख्रा बाघले आक्रमण गरेको हो ।
“बुधबार बाख्रा चराउन जङ्गल गएका बेला ३० वटा बाख्रा हराएका थिए । तीमध्ये एउटा घाइते अवस्थामा र १४ वटा सकुशल फार्ममा फर्किएका थिए । अन्य बाख्रा खोजी गर्दा सात वटालाई बाघले आक्रमण गरी मारेको पायौँ, अझै आठ बाख्रा हराइरहेका छन्”, फार्म सञ्चालक घनश्याम अधिकारीले भने । बुधाबारदेखि निरन्तर खोजी गरिरहेको बताउँदै आज पनि खोजी गरिएकामा हराइरहेका बाख्रा फेला पार्न नसकिएको उनले बताए ।
यतिका दिनसम्म बाख्रा फेला नपर्नुले ती बाख्रालाई पनि बाघले खाएको हुनसक्ने अधिकारीले आशङ्का व्यक्त गरे ।
दुई वर्ष अगाडि बाख्रापालनका लागि रु १२ लाख लगानीमा संरचना बनाइएको जनाउँदै अर्का सञ्चालक विष्णु पौडेलले बाख्रासँगै फार्ममा ब्रोइलर कुखुरा र बङ्गुर पनि पालिएको बताए । अनुसार फार्ममा अहिलेसम्म रु ३५ लाख लगानी भइसकेको छ ।
बाघले गर्दा फार्मका ठूलो क्षति पुगेको बताउँदै पौडेलले गत जेठमा दुई हजार ५०० ब्रोइलर कुखुरा पालेकामध्ये एकै दिन एक हजार २०० मरेका जानकारी दिए। लगातारको क्षतिले फार्म सञ्चालक चिन्तामा छन् । स्वदेशमा केही गर्नुपर्छ भनेर पशुपन्क्षीपालनमा लगानी लगेको भन्दै सोचेजस्तो नतिजा आउन नसकेको उनीहरूको भनाइ छ ।
पछिल्लो समय यस क्षेत्रमा बाघको आक्रमण बढ्दै गएको स्थानीय बताउँछन् । बुधबार राति मात्र नजिककै भलासिक्र गाउँको एक खोरका चार बाख्रा जङ्गली जनावरले मारेको, एउटा बाख्रालाई घाइते बनाएको प्रहरी चौकी सिमलपानीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण