‘बेबी गर्ल’ मा बोल्ड मुन्नी
आइतबार, ०८ भदौ २०८२, ११ : ४६
सारांश
- प्रियाना आचार्य 'सक्कीगोनी' बाट चर्चामा आएपछि 'बेबी गर्ल' गीतको भिडियोमा बोल्ड अवतारमा देखिएकी छिन्।
- भिडियोमा प्रियानालाई मोडल निमेशजंग थापाले साथ दिएका छन्, जसको कोरियोग्राफी पनि उनले नै गरेका हुन्।
- भिडियोमा प्रियाना र निमेशका साथै अन्य कलाकारहरू अलिशा पराजुली, रामेश्वर खड्का लगायतको अभिनय रहेको छ।
काठमाडौँ । चर्चित कमेडी सिरियल ‘सक्कीगोनी’ मा मुन्नीको चरित्र मार्फत चर्चामा रहेकी कलाकार प्रियाना आचार्य बोल्ड अवतारमा देखिएकी छन् । र्यापर लिल क्लाउडको नयाँ र्याप गीत ‘बेबी गर्ल’ को भिडियोमा उनी बोल्ड अवतारमा देखिएकी हुन् ।
भिडियोमा आचार्यलाई निमेशजंग थापाले मोडलिङमा साथ दिएका छन् । निमेशकै कोरियोग्राफी रहेको भिडियोमा उनी विकिनीमा प्रस्तुत भएकी छन् । उनी बिकिनीमा प्रस्तुत भएको यो पहिलो पटक हो ।
भिडियोमा प्रियाना र निमेशको अलवा अलिशा पराजुली, रामेश्वर खड्का, श्याम श्रेष्ठ लगायतका कलाकारको समेत अभिनय छ ।
एस खेतान र पुनम अग्रवालले निर्माण गरेको भिडियोलाई पी माधवाले निर्देशन गरेका हुन् । फ्रिक स्ट्रीट डायरिसको युट्युव च्यानलमा रिलिज भिडियो रोमन मार्सले छायाङ्कन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण