चालु खातामा सुधार, ४ खर्ब ९ अर्ब २० करोड बचतमा
सारांश
- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा देशको चालु खाता रु.४ खर्ब ९ अर्ब २० करोडले बचतमा रहेको जनाएको छ।
- अघिल्लो वर्षको तुलनामा चालु खाता र शोधनान्तर स्थितिमा सुधार भएको पाइएको छ।
- समीक्षा वर्षमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.१२ अर्ब २ करोड भित्रिएको छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा देशको चालु खाता रु.४ खर्ब ९ अर्ब २० करोडले बचतमा रहेको जनाएको छ ।आइतबार आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै बैंकले यसबारे जानकारी गराएको हो ।
अघिल्लो वर्ष चालु खाता रु.२ खर्ब २१ अर्ब ७१ करोडले बचतमा रहेको थियो। यसआधारमा चालु खाता बचतमा सुधार देखिएको छ । यस्तै अमेरिकी डलरमा अघिल्लो वर्षमा १ अर्ब ६७ करोडले बचतमा रहेको चालु खाता समीक्षा वर्षमा ३ अर्ब १ करोडले बचतमा रहेको बैंकले जनाएको छ ।
यस्तै समीक्षा वर्षमा खुद पुँजीगत ट्रान्सफर रु.९ अर्ब ८४ करोड रहेको छ । अघिल्लो वर्षमा यस्तो ट्रान्सफर रु.५ अर्ब ८१ करोड रहेको थियो। यसैगरी, समीक्षा वर्षमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.१२ अर्ब २ करोड भित्रिएको छ । अघिल्लो वर्ष यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.८ अर्ब ४७ करोड रहेको थियो ।
समीक्षा वर्षमा शोधनान्तर स्थिति रु.५९४ अर्ब ५४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.५०२ अर्ब ४९ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष ३ अर्ब ७७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ४ अर्ब ३७ करोडले बचतमा रहेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण