बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

तिजको दिन यी क्षेत्रमा सवारी निषेध, कहाँ–कहाँ पार्किङको व्यवस्था ?

आइतबार, ०८ भदौ २०८२, १९ : ५४
आइतबार, ०८ भदौ २०८२

सारांश

  • पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजमा भक्तजनको भीडलाई सहज बनाउन विशेष ट्राफिक र पार्किङ व्यवस्था मिलाएको छ।
  • मेला अवधिभर पशुपति क्षेत्रलाई सवारी निषेधित गरिएको छ, तर दमकल, एम्बुलेन्स र शव वाहनलाई छुट दिइनेछ।
  • कोषले अदालतको आदेशअनुसार विभिन्न स्थानमा पार्किङको व्यवस्था गरेको छ र सहयोगको अपिल गरेको छ।

काठमाडौँ । हरितालिका तिज पर्वमा भक्तजनको भीडलाई सहज बनाउन पशुपति क्षेत्र विकास कोषले विशेष ट्राफिक तथा पार्किङ व्यवस्था मिलाएको छ ।

आइतबार पत्रकार सम्मेलनमार्फत कोषले दिएको जानकारीअनुसार मेला अवधिभर पशुपति क्षेत्रलाई पूर्ण रूपमा सवारी निषेधित क्षेत्र बनाइएको छ । 

सर्वोच्च अदालतको २०८० माघ ७ गतेको फैसला निर्देशानुसार उमाकुण्ड, दक्षिणामूर्ति, महास्नानघर पश्चिम, भुवनेश्वरी–गौशाला र वनकाली क्षेत्रको दर्शन मार्गमा कुनै पनि साधारण सवारी प्रवेश गर्न नपाउने व्यवस्था गरिएको छ ।

दमकल, एम्बुलेन्स र घाटसम्म पुग्ने शव वाहनलाई भने छुट दिइने कोषले जनाएको छ । साथै, अदालतको आदेश कार्यान्वयनमा सबै पक्षलाई सहयोग गर्न पनि कोषले अपिल गरेको छ ।

पार्किङका व्यवस्था यसप्रकार छन् :

  • तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र – भक्तजनका सवारी साधन
  • सिफल चौरको खाली स्थान – भक्तजनका सवारी साधन
  • गुह्येश्वरी पारीका खाली स्थान – भक्तजनका सवारी साधन
  • पशुपति क्षेत्र विकास कोष कार्यालय परिसर र अमालकोट कचहरी परिसर – कोषका आफ्ना सवारी साधन तथा पर्वसँग सम्बन्धित निकायका सवारी साधन
  • भण्डारखाल पूर्व पार्किङ क्षेत्र – सरकारी संस्थान र विशिष्ट व्यक्तिका सवारी साधन मात्र

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप