निर्वाचन प्रणाली सुधार गर्न नसकेसम्म भ्रष्टाचार अन्त्य गर्न सकिँदैन : उपाध्यक्ष राई
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की उपाध्यक्ष जयन्तीदेवी राईले निर्वाचन प्रणाली सुधार गर्न नसकेसम्म भ्रष्टाचार अन्त्य गर्न नसकिने बताएकी छन् ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले निर्वाचन प्रणाली सबैभन्दा शुद्ध हुनुपर्ने समेत बताइन् ।
निर्वाचन प्रणाली शुद्ध गर्न नसकिए पछाडि परेका महिला, समुदाय, वर्ग, दलित, मुस्लिमहरूलाई अघि बढाउन नसकिने उनले बताइन् ।
सरकारले निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक छिटो ल्याउनुपर्नेमा उनले जोड दिइन् ।
उनले भनिन्,‘निर्वाचन प्रणालीलाई सुधार गर्न सकेनौँ भने भ्रष्टाचारलाई कहिले पनि अन्त्य गर्न सकिँदैन । त्यसकारण निर्वाचन प्रणाली सबैभन्दा शुद्ध हुनुपर्छ । निर्वाचन प्रणाली शुद्ध गर्न सकिएन भने पछि परेको महिला, समुदाय, वर्ग, दलित, मुस्लिमहरू सबै पछि पर्दछन् । यो निर्वाचन प्रणाली हामीले सच्याउनैपर्छ । हिजोको भन्दा प्रगतिशील आएको छ तर पूर्ण रूपमा आएको छैन । अहिले यो विधेयक ल्याउन तयार भएको छैन सरकार । किन ल्याउँदैन । यो विधेयक छिटो भन्दा छिटो ल्याउनुपर्छ ।’
उपाध्यक्ष राईले स्थानीय तहमा प्रमुखहरु पटक–पटक एकै जनालाई उठाइराख्ने प्रवृत्ति रोक्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण