विभिन्न स्थानमा ४ जना पुरुष मृत अवस्थामा फेला
आइतबार, ०८ भदौ २०८२, १७ : ००
सारांश
- आइतबार कपिलवस्तु, रूपन्देही र बाँकेमा चार जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
- कपिलवस्तु र बुद्धभूमीमा दुई जना, रूपन्देहीमा एक जना र बाँकेमा एक जना पुरुष मृत फेला परेका हुन्।
- प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको छ।
काठमाडौँ । कपिलवस्तु, रूपन्देही र बाँकेमा अलग–अलग स्थानमा चार जना पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
कपिलवस्तु, कृष्णनगर नगरपालिका–८ डगरमरूवास्थित पोखरीमा ६७ वर्षीय हरिराम कहार मृत भेटिएका छन् भने बुद्धभूमी नगरपालिका–५ महोमदनगरस्थित पोखरीमा ७० वर्षीय रामनिवास केवट मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही, गैडहवा गाउँपालिका–९ गौरीबजार स्थित प्रतिक्षालयमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ८० वर्षीय पुरुष मृत भेटिएका छन् भने बाँके, नेपालगंज उपमहानगरपालिका–४ राप्ती रोडस्थित खाली घरमा हाल नाम, थर र वतन नखुलेका ५० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण