तीन खेलाडीको शतक, अस्ट्रेलियाको जीतमा तोडिए यी रेकर्ड
काठमाडौँ । अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा ४३४ रनको नजिक पुग्न नसके पनि ट्राभिस हेड, मिचेल मार्स र क्यामरून ग्रीनको शतकको सहयोगमा जीतका लागि पर्याप्त रन बनायो । आइतबार भएको खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई २७६ रनको फराकिलो अन्तरले हराएको हो ।
घरेलु मैदानमा अस्ट्रेलियाले जितका लागि दिएको ४३२ रनको लक्ष्य पछ्याउँदा दक्षिण अफ्रिकाले २४ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १५५ रन बनायो । यहाँ उक्त इनिङ्सका केही महत्त्वपूर्ण तथ्याङ्कहरू प्रस्तुत गरिएको छ ।
२७६ – तेस्रो एक दिवसीय खेलमा अस्ट्रेलियाको जितको अन्तर, जुन दक्षिण अफ्रिकाको एक दिवसीय क्रिकेटमा रनको आधारमा सबैभन्दा ठुलो हार हो ।
यसअघि सन् २०२३ को विश्वकपमा भारतसँग उनीहरू २४३ रनले पराजित भएका थिए। यो अस्ट्रेलियाको एक दिवसीय क्रिकेटमा दोस्रो सबैभन्दा ठुलो जितको अन्तर पनि हो । सन् २०२३ मा टोलीले नेदरल्यान्ड्सविरुद्धको ३०९ रनको जित हात पारेको थियो ।
यो पूर्ण–सदस्य टोलीहरूमध्ये एक दिवसीय क्रिकेटमा रनको आधारमा चौथो सबैभन्दा ठुलो जितको अन्तर हो, जसको शीर्ष दुई स्थानमा भारत र तेस्रो स्थानमा न्युजिल्यान्ड छन् ।
४३१/२ – यो अस्ट्रेलियाको एक दिवसीय क्रिकेटमा दोस्रो सबैभन्दा ठुलो योगफल हो, जुन २००६ मा जोहानेसबर्गमा दक्षिण अफ्रिकाविरुद्ध नै बनाएको ४३४/४ को योगफलभन्दा कम हो ।
२ – हेड (१४२), मार्स (१००) र ग्रीन (११८८) सहित अस्ट्रेलियाको शीर्ष तीन ब्याट्सम्यानले शतक बनाएका छन् । एक दिवसीय क्रिकेटमा यस्तो भएको यो दोस्रो घटना मात्र हो । यसअघि २०१५ मा जोहानेसबर्गमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्ध यस्तो गरेको थियो ।
२५० – हेड र मार्सको प्रारम्भिक साझेदारी, जुन अस्ट्रेलियाका लागि एक दिवसीय क्रिकेटमा पाँचौँ सबैभन्दा ठुलो हो। यसअघि कुनै पनि विकेटका लागि २०० रनभन्दा बढीको साझेदारी गर्ने पछिल्लो अस्ट्रेलियाली जोडी सन् २०२३ मा मुम्बईमा म्याक्सवेल र प्याट कमिन्स थिए, जसले आठौँ विकेटका लागि यस्तो साझेदारी गरेका थिए ।
४३१ – अस्ट्रेलियाको पहिलो तीन विकेटले बनाएको यो रन एक दिवसीय क्रिकेटमा दोस्रो सबैभन्दा ठुलो हो । यो २०१५ मा जोहानेसबर्गमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्ध बनाएको ४३९ रनभन्दा कम हो ।
४७ – ग्रीनले आफ्नो पहिलो एक दिवसीय शतक पूरा गर्न ४७ बल लगाए, जुन २०२३ को एक दिवसीय विश्वकपमा दिल्लीमा नेदरल्यान्ड्सविरुद्ध ग्लेन म्याक्सवेलले बनाएको ४० बलको शतकपछि अस्ट्रेलियाली ब्याट्सम्यानले बनाएको दोस्रो सबैभन्दा छिटो शतक हो ।
ग्रीनको ४७ बलको शतक दक्षिण अफ्रिकाविरुद्ध सबैभन्दा छिटो हो, जसले म्याथ्यु हेडेनले बनाएको ६६ बलको शतकलाई धेरै पछाडि पारेको छ ।
१२.१४ – ग्रीन र एलेक्स क्यारीको १६४ रनको तेस्रो विकेट साझेदारी गर्दाको रनरेट, जुन अस्ट्रेलियाका लागि (१५० रनभन्दा बढीको साझेदारीमा) सबैभन्दा उच्च हो। यसअघि सन् २०१५ मा श्रीलंकाविरुद्ध म्याक्सवेल र शेन वाट्सनले ११.७० को रनरेटमा १६० रन बनाएका थिए ।
१३.२८ – वियान मुल्डरको इकोनोमी रेट – जुन एक दिवसीय क्रिकेटमा (छ वा सोभन्दा बढी ओभर बलिङ गर्दा) दोस्रो सबैभन्दा खराब हो। यसअघि सन् २०१५ मा दक्षिण अफ्रिकाविरुद्ध केभिन ओ’ब्रायनको इकोनोमी रेट १३.५७ थियो ।
२२ वर्ष २ दिन – कुपर कोनोलीले आफ्नो पहिलो पाँच विकेट लिँदाको उमेर, जसले उनलाई यसो गर्ने सबैभन्दा कान्छो अस्ट्रेलियाली बलर बनाएको छ। उनले सन् १९८७ मा पाकिस्तानविरुद्ध २२ वर्ष २०४ दिनमा पाँच विकेट लिएका क्रेग म्याकडरमटको रेकर्ड तोडे ।
५/२२ – कोनोलीको यो प्रदर्शन एक दिवसीय क्रिकेटमा अस्ट्रेलियाली स्पिनरका लागि सबैभन्दा उत्कृष्ट बलिङ तथ्याङ्क हो । उनले सन् २००५ मा वेस्ट इन्डिजविरुद्ध ब्राड हग (५/३२) को तथ्याङ्कलाई पछि पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण