लागुऔषधसहित २ जना भारतीय नागरिक पक्राउ
मकवानपुर । हेटौँडाबाट लागुऔषध सहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोस्टबाट आइतबार बिहान लागुओषध सहित २ भारतीयलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रातोमाटे चेकपोष्टमा चेकजाँचको क्रममा डाइजेपाम ५ हजार ८५० एम्पुल, ट्रामाडोल २४० क्यापसुल सहित भारतीय नम्बरको सुमोलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार रक्सौलबाट काठमाडौँतर्फ आउँदै गरेको विआर ०१ पिबी १८०२ नम्बरको सुमो रोकी चेकजाँच गर्दा सो परिमाणको लागुऔषध बरामद भएको थियो ।
सुमोको विभिन्न भागमा लुकाई ल्याइएको अवस्थामा लागुऔषध बरामद भएको र २ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।
उनीहरुले गाडीको पछाडिको साइडमा कालो प्लास्टिकमा लुकाई ल्याइएको अवस्थामा ३९ वटा पोका लागुऔषध भेटिएको प्रवक्ता अर्यालले बताए ।प्रवक्ता अर्यालका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्य, बहराइच जिल्लास्थित बलाइ गाउँ निवासी ३५ वर्षीय किस्मत अली र २८ वर्षीय शाहरुख अली रहेका छन् ।
लागुऔषध र प्रयोग भएको सवारीसाधनसहित दुवै व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनियोजन विधेयक राष्ट्रिय सभाबाट पनि पारित
-
एडीबीका अध्यक्ष कान्डाको नेपाल भ्रमणमा के–के भयो ?
-
आफ्नै एआई चिप बनाउँदै छ डिपसिक
-
‘साउन पहिलो सातादेखि प्रदेश सरकारहरू हेरफेर हुन्छन्, बागमतीको मुख्यमन्त्रीमा मेरो दाबी छ’
-
क्षणभरमै फेरियो सिंहदरबारको दृश्य, नियमविपरीत पार्किङ गरिएका सवारी साधनहरूको ह्विल लक
-
सुर्खेत बहुमुखी क्याम्पसमा भर्ना शुल्ककाे विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण