दसैँमा होन्डाको अफर : चंगा उड्छ फरर, होन्डा कारमा सरर
सारांश
- स्याकार ट्रेडिङ्गले दसैँ योजना सार्वजनिक गरेको छ, जसमा नगद छुट, निःशुल्क सर्भिसिङ र इन्स्योरेन्स समावेश छन्।
- योजनाअन्तर्गत, ग्राहकले ४ लाखसम्मको नगद छुट, ५ वर्षको सर्भिसिङ, र १ वर्षको सडक कर छुट पाउनेछन्।
- यो योजना होन्डाका विभिन्न मोडलहरूमा लागू हुनेछ, जसले खरिदमा थप सुविधा र उत्कृष्ट अनुभव प्रदान गर्नेछ।
काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले दसैँलाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरेको छ। “चंगा उड्छ फरर, होन्डा कारमा सरर” नामक यो योजना भदौ ७ गतेदेखि कार्तिक १४ गतेसम्म देशभरका सबै होन्डा शोरूमहरूमा लागू हुनेछ।
“यो दसैँ तपाईंको मनपर्ने होन्डा रोज्नुहोस्” भन्ने नारासहित ल्याइएको यस योजनामा ग्राहकहरूले विभिन्न आकर्षक सुविधा पाउने कम्पनीले जनाएको छ।
यस योजना अन्तर्गत ग्राहकहरूले रु. ४ लाखसम्मको नगद छुट, ५ वर्षसम्मको निःशुल्क सर्भिसिङ, १ वर्षको लागि निःशुल्क फुल इन्स्योरेन्स, र १ वर्षको सडक कर छुट प्राप्त गर्नेछन्। साथै, पुराना गाडीसँग नयाँ होन्डा साट्दा रु. २५,००० बराबरको एक्सचेन्ज बोनसको पनि व्यवस्था गरिएको छ।
त्यसैगरी, हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी, र एक पटकको लागि निःशुल्क रोडसाइड असिस्टेन्स सुविधा उपलब्ध हुनेछ।
यो योजना होन्डाका लोकप्रिय मोडेलहरू – होन्डा सिटी, सिटी ईःएचईभी, एलिवेट, अमेज, र सिटी फिफ्थ जेनेरेसन – मा लागू हुनेछ। कम्पनीका अनुसार यी अफरहरूले ग्राहकलाई होन्डा कार खरिदमा थप सुविधा, मानसिक शान्ति, र उत्कृष्ट अनुभव दिनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण