शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपराध

ललितपुरबाट ९१ लाख ५० हजार रुपैयाँ र पैसा गन्ने मेसिनसहित एक जना पक्राउ

सोमबार, ०९ भदौ २०८२, १९ : ४४
सोमबार, ०९ भदौ २०८२

काठमाडौँ । ललितपुरको भनिमण्डलबाट प्रहरीले स्रोत नखुलेको ९१ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबाट खटिएको विशेष टोलीले सिन्धुली घर भएका गौरव स्याङ्तानलाई नियन्त्रणमा लिएको हो।

उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले गौरवको साथबाट सो अवैध रकम र पैसा गन्ने मेसिन समेत बरामद गरेको जानकारी दिए । यस्तै उनको साथबाट १ किलो ४०० ग्राम गाँजा समेत बरामद गरेको छ । 

अवैध रकमको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको बताइएको छ । तर उक्त रकमको स्रोत र उद्देश्यबारे केही नखुलेको प्रहरीले जनाएको छ । 

गौरवबारे  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप