मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले दिए मोदीलाई धन्यवाद

मङ्गलबार, १० भदौ २०८२, १६ : १७
मङ्गलबार, १० भदौ २०८२

सारांश

  • युक्रेनका राष्ट्रपति जेलेन्स्कीले स्वतन्त्रता दिवसको अवसरमा मोदीको शुभकामनाका लागि धन्यवाद दिए।
  • जेलेन्स्कीले भारतको शान्ति र संवादप्रतिको प्रतिबद्धताको प्रशंसा गरे र योगदानको अपेक्षा राखे।
  • रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि अमेरिका र अन्य देशहरूले प्रयास गरिरहेका छन्।
00:00 / NaN:NaN
Audio By AI

कीएभ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनको स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामनाका लागि धन्यवाद दिएका छन्।

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै भने, ‘हामी शान्ति र संवादप्रति भारतको प्रतिबद्धताको कदर गर्छौँ। आज जब सम्पूर्ण विश्व सम्मानजनक र दिगो शान्तिका साथ यो भयानक युद्धको अन्त्य गर्न प्रयास गरिरहेको छ, हामी भारतको योगदानको आशा गर्छौँ।’

रुस र युक्रेनबिचको युद्ध तीन वर्षभन्दा बढी समयदेखि जारी छ। यो द्वन्द्व रोक्न अमेरिका लगायतका देशहरूले निरन्तर प्रयास गरिरहेका छन्। 

हालै अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच युद्ध अन्त्य गर्ने विषयमा छलफल भएको थियो। त्यसपछि ट्रम्पले युरोपेली संघका नेताहरूसँग पनि वार्ता गरेका थिए। तर अहिलेसम्म ठोस परिणाम आएको छैन।

भारतले सुरुदेखि नै द्वन्द्वको शान्तिपूर्ण समाधानको लागि आग्रह गर्दै आएको छ। प्रधानमन्त्री मोदी र राष्ट्रपति जेलेन्स्कीबिच यस विषयमा यसअघि पनि अनेकौँ पटक वार्ता भइसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप