लामाचौर कप ढुङ्गे देउरालीलाई
पोखरा । लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि ढुङ्गेदेउराली क्लबले जितेको छ ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार भएको फाइनलमा जिएम समाज कावासोतीलाई ३–२ सेटमा पराजित गर्दै स्याङजाको ढुंगेदेउरालीले उपाधिसहित नगद ३ लाख जितेको हो ।
उपविजेताले १ लाख ५० हजार प्राप्त गरेको छ । प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट गुमाएको भए पनि ढुङ्गेदेउरालीले २२–२५, २५–१८, २५–२७, २६–२४ र १५–१२ सेटले उपाधिमा कब्जा जमाउन सफल भएको हो ।
चौथो सेट २४–२४ को रोमाञ्चक मोडमा पुगेकोमा सञ्जुविक्रम शाह कप्तानीको ढुङ्गेदेउरालीले विपक्षीलाई रोकेको थियो । ढुङ्गेदेउरालीका सफल बिक सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १० हजार पुरस्कार पाए ।
यसैगरी, लामाचौर कप अन्तर मावि छात्रा भलिबल प्रतियोगिताको उपाधि शान्त माविले जितेको छ । फाइनलमा टप्स माविलाई ३–१ सेटमा पराजित गर्दै उपाधिसहित नगद १ लाख जितेको हो ।
उपविजेताले ५० हजार पुरस्कार प्राप्त गरेको छ । टप्सले पहिलो सेट आफ्नो पक्षमा पारेको थियो । तर शान्तले एकाएक रणनीतिक खेल खेल्दै २२–२५, २५–६, २५–१३ र २५–१४ सेटमा उपाधि जितेको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण